मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कपिलवस्तुमा अटाउनैपर्ने उम्मेदवार गिरी र पौडेल, ४३ मध्ये पर्लान् १२ जनामा ?

एमाले कपिलवस्तुमा अटाउनैपर्ने उम्मेदवार गिरी र पौडेल, ४३ मध्ये पर्लान् १२ जनामा ?

अपि टाइम्स

बाणगंगा । सहमति टरेपछि नेकपा (एमाले) कपिलवस्तुको नयाँ नेतृत्व चुनावबाट आउने भएको छ । यसको लागि आज चुनाव हुनेछ । अध्यक्षमा डम्बर शर्मा र बाबुराम खनालबीच अध्यक्षमा भीडन्त हुँदैछ भने एउटा उपाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । भेषराज शर्मा र शंकर पाण्डेबीच उपाध्यक्ष पदमा चुनाव हुनेछ ।

सचिवमा पनि सिबी गहतराज र विश्व कार्की बीच प्रतिस्पर्धा हुँदैछ । एउटा उपसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । यस्तै १२ जना खुल्ला जिल्ला सदस्यका लागि ४३ जना चुनावी मैदानमा छन् ।

खुला सदस्यतर्फ केहि नयाँपुराना ब्यक्तिहरु लाइनमा छन् । बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष उमानाथ पौडेल लगायत ४३ जना मैदानमा रहेको बताइन्छ ।

गिरी र पौडेल एमाले कपिलवस्तुका सदस्यमध्येका आशा गरिएका उम्मेदवार हुन् । गिरी वडा नम्बर ७ का वडा अध्यक्ष हुन् । बाणगंगामा लगातार २ पटक स्थानीय तहको चुनाव जित्नेमा गिरी पर्दछन् । पार्टीमा निरन्तर लगाव भएका उनी लोकप्रिय जनप्रतिनिधिको रुपमा चिनिन्छन् । पार्टीको लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहने पात्रको रुपमा गिरी चिनिन्छन् ।

यता पौडेल पनि एमाले कपिलवस्तुको खुला सदस्य पदको लागि सबैभन्दा योग्य पात्रमध्येमा पर्दछन् । निष्पक्ष छवि निर्माण गरेका पौडेल कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । पार्टीमा लामो समय योगदान गरे पनि लाभको पदमा पुग्न नसकेका उनले यसपटक नेताकार्यकर्ताको चाहनामा सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

पार्टीका नराम्रा पक्ष र प्रवृत्तिमा खबरदारी आलोचना गर्ने पात्रका रुपमा चिनिने पौडेल नेताकार्यकर्तामाझ सर्वाधिक रुचाइएका पात्र हुन् । यसपटक खुल्ला सदस्य पदमा सर्वाधिक मत हासिल गर्न सक्ने ब्यक्तिका रुपमा पौडेललाई लिइएको छ । उनीहरु संस्थापन पक्षबाट चुनावी मैदानमा छन् ।

अधिवेशनमा सहभागि रहेकामध्ये अधिकांस प्रतिनिधिले विचार समुह नहेरेर राम्रा ब्यक्तिलाई जिताउने बताएका छन् ।