मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिलवर्टमा शिक्षकहरु नै विद्यार्थी, बालमैत्री सिकाइको लागि लिए यस्तो तालिम

हिलवर्टमा शिक्षकहरु नै विद्यार्थी, बालमैत्री सिकाइको लागि लिए यस्तो तालिम

अपि टाइम्स

कपिलवस्तु । हिलवर्ट ईङलिस बोर्डिङ स्कुल बाणगंगा २ पिपरामा शुक्रबार सधैँजस्तो गतिविधिभन्दा फरक दृशय देखियो । अरु बेला शिक्षकहरु सधैँ कक्षाकोठामा पढाइरहेका हुन्थे भने शुक्रबार भने शिक्षकहरु नै विद्यार्थीहरु बनेर खेलिरहेका थिए । सिकाईका बिभिन्न समुह बनाएर पाठ्यपुस्तककेन्द्रित खेलहरु खेलिरहेका थिए । बिभिन्न कागज र सामानलाई लिएर उनीहरुे बिभिन्न आकार प्रदान गर्दै थिए । शैक्षणिक सामाग्री बनाइरहेका थिए ।

हिलवर्ट बोर्डिङको आयोजनामा भएको बालमैत्री सिकाइको लागि शैक्षणिक सामाग्री निर्माण सम्बन्धि ३ दिने तालिममा शिक्षकहरुको यस्तो रमाइलो वातावरण देखिएको थियो । तालिममा अग्र्यानिक एजुकेशन काठमाडौँका सिइओ अर्जुन भट्ट र वरिष्ठ मन्टेश्वरी शिक्षक कमला देवकोटाले सहजिकरण गरिरहेका छन् । उनीहरुले बालमैत्री शिक्षण गर्ने, रमाइलो गरी कसरी पढाउने, शैक्षणिक सामाग्री कसरी बनाउने र त्यसको प्रयोग कसरी गर्ने लगायतका बारेमा प्रशिक्षण दिनेछन् ।

अब पुरानो शैलीको सिकाइले विद्यार्थीकेन्द्रित सिकाई नहुने भन्दै विद्यालयले हिलवर्ट र रुपन्देहीको बुटवलका कुँवरवर्ती ईङलिश बोर्डिङ स्कुल र पाठशाला मन्टेश्वरीमा अध्यापनरत शिक्षक शिक्षिकाको लागि तालिम राखिएको स्कुलका अध्यक्ष दीपक खनालले बताए ।
प्राथमिकतहसम्मका लागि फोकस गरेर राखिएको तालिममा सबै तहका शिक्षक सहभागि भएका खनालले बताए ।
पहिलो दिनको कार्यक्रममा सहभागि भएका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले विद्यालयको सिर्जनशिलताको प्रसंसा गर्दै बालमैत्री सिकाइको बातावरण निर्माण गर्न आग्रह गरे ।

अब शिक्षकहरु पुरानो शैलीले अघि नबढ्ने बताउँदै यस्ता तालिम जरुरी रहेको उनको भनाई छ । नीजि सामुदायिक सबै विद्यालयका शिक्षकलाई यस्ता तालिम जरुरी रहेको उनले बताए । उनले नगरका हरेक विद्यालयमा बालमैत्री शिक्षण भएको छ छैन् भनेर नगरले अवलोकन गरिरहेको समेत बताए । शिक्षण मात्रै बालमैत्री नभएर पूर्वाधार पनि बालमैत्री हुनुपर्ने उनको भनाई छ ।
कुँवरवर्ति बोर्डिङ स्कुलका अध्यक्ष लक्ष्मण खनाल, हिलवर्टका प्रिन्सिपल शिव प्रसाद पोख्रेल, प्रबन्ध निर्देशक बुद्धि पौडेल लगायतले तालिमको फाइदा लिन शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रमको संचालक विद्यालयका मावि तह संयोजक तेज प्रसाद आचार्यले गरेका थिए ।