मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुसहितका बिभिन्न स्थानमा भारी वर्षा

कपिलवस्तुसहितका बिभिन्न स्थानमा भारी वर्षा

अपि टाइम्स

काठमाण्डौ । कपिलवस्तुसहित देशभरका बिभिन्न स्थानमा भारी बर्षा भएको छ । बर्षा भएपछि किसानले राहत पाएका छन् । यसअघि बर्षा भए पनि त्यसले खासै प्रभाव पारेको थिएन । आज भएको बर्षाले भने किसानका बालीनालीलाई फाइदा पुगेको छ भने गर्मीले अत्तालिएको जनजीवनमा पनि सहजता भएको छ ।

नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेकोले बदली र बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका सबैजसो ठाउँमा बदली भएर मध्य र पूर्वका धेरैजसो ठाउँमा बर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी बर्षाकोसमेत सम्भावना रहेको उहाँले बताए ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । पहाडीमा मेघ गर्जन सहित चट्याङ तथा मध्य र पूर्वका धेरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।