मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म पनि मुख टालेर बस्नै सकिनँ र बोलेँ !

म पनि मुख टालेर बस्नै सकिनँ र बोलेँ !

अपि टाइम्स

बसन्ता भुसाल

कपिलवस्तु । मैले कतै पढेकी थिएँ ‘चुप रहनू पनि लाटो बनेर बस्नू हो’ भनेर । अक्सर मजस्ता धेरै ब्यक्तिहरु समाजमा जे भइरहे पनि चुपचाप नै रहने गर्दछन् । चुप रहनू आफैमा नराम्रो होइन तथापि जहाँ पनि चुप रहनू पक्कै पनि नराम्रो हो । अन्याय भइरहेको, थिचोमिचो देखिरहेको, भ्रष्टाचारका काण्डहरुको प्रत्यक्षदर्शी भइरहेको, वेथिति देखिरहेको, एउटा सिमिति वर्गका कारण दुखी र गरिबहरु सदैव पीडामा रहिरहेको देखेर/सुनेर पनि चुपचाप रहनू भनेको लाटो नै हुनु हो जस्तो लाग्दछ । समाजमा बोल्नुपर्ने धेरै तथ्य र घटना छन् । समाजका वेथिति र विकृति सहनू पनि मानसिक समस्या नै हो जस्तो लाग्दछ मलाई ।आवश्यकता अनुसार बोल्नु, लेख्नुपर्ने रहेछ ।

मेरो समाजमा पनि यस्तो बेइमानी र भ्रष्टाचारीपन बढिरहेको छ । आजसम्म चुपचाप नै रहन सकियो उप्रान्त चुप हुनु भनेको त्यहि पीडा सहनु हो जस्तो ठानेर विम्बात्मक रुपमा केहि लेख्दै छु । हाम्रो समाजमा भ्रष्टाचार संस्कृति बन्दै गइरहेको छ । भ्रष्टाचार यसरी मौलाई रहेको छ कि स्थानीय टोल विकास समितिदेखि सिंहदरबारसम्मका सबै अछुतो छैनन् । भ्रष्टाचार भनेको पैसाको मोलमोलाई र लेनदेन मात्र होइन आचरण हुनु पनि भ्रष्टाचार हो । यहाँ आचरण खराब नभएका मान्छे त कोहि पनि छैनन् पैसाको मोलमोलाई गर्ने, घुस लेनदेन गर्ने पनि उत्तिकै संखयामा समाजमा देखिरहेका छन् ।

कुनै पनि नागरिककलाई नातागोताको पहुँच ,पैसाको पहुँचको आधारमा सार्बजनिक या सरकारी निकायाबाट छिटोछरितो ढंगले प्रक्रिया मिचेर सेवा प्रदान हुनु भनेको भ्रष्टाचार हो। भ्रष्टाचारको संगतमा लागेपछि न त भाईले दाईलाई नत दाइले भाईलाई कसैलाई नहेर्दो रहेछन् । हामी यहि समाजमा बसेका छौँ, जुन समाजमा पाइलापाइलामा आफ्नो स्वार्थको निम्ति अनेक जालझेल गरेको देखिन्छ ।

सबै भ्रष्टाचारी भन्न त मिल्दैन तर जति पनि आफ्नो इमान्दारीतालाई पैतालामा राखेर लाज नमानी खुलेयाम भ्रष्टाचारको बाटो हिडेका छन उनीहरु गरिब छैनन् । त्यहाँ भोकमरी पनि छैन । तर तर जो सोझो छ र इमानदारीता अडिएर काम गरिरहेको छ ऊ नै यो समाजमा हेयको पात्र बन्छ । कमजोर हुन्छ । इमानमा अडिग भएर आफ्नो इज्जतको कदर गर्नेहरु धेरै दुखि पनि छन् । आफ्नो कारणले होइन समाजको कारणले दुखी भएको हो ।

नेपालमा मात्र भ्रष्टाचारको जालो विश्वभर फैलिरहेको छ । यस समस्याबाट हाम्रो मुलुक थप जकडिएको छ । गाउँगाउँका टोल विकास समितिदेखि सिंहदरबारसम्म यसको जालोमा सबै फसेका छन् । अल्झिएका छन् । कुनै पनि संस्था र योजनामा आर्थिक हिनामिना गर्नु समाजको संस्कृति नै बनेको छ भन्दा अत्युक्ति नहोला । आजभोलि बिभिन्न बाहनामा आर्थिक चलखेल गर्नैपर्छ मान्छेलाई । एउटा भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई काँध मात्र दिएको हुँदैन आफ्नो हात पनि थमाइदिएको देखेको छु ।

यतिसम्म कि झुटको खेती गर्न पल्केकाहरु सिर्फआफ्नो स्वार्थमा लिप्त हुदाँ रहेछन् । एउटा भ्रष्टाचारी दलालले एउटा गाउँ नै आफ्नो नाममा कब्जा गर्दासम्म स्थानीय निकायले थाहा नपाएको जस्तो गर्छन् भने पछि कानुनले मान्दैन भनेर हामी कसरी विश्वास गर्न सक्छौ ?

बाउले छोरो चिन्दैन्न छोराले बाउ चिन्दैन्न, दाईले भाइ भाइले दाइ, आफन्तीले आफ्नो पराई कसैले कसैलाई नचिन्दो रहेछ यो समाजमा । भ्रष्टाचारमा लिप्तहरुमा अझै यस्तो संस्कृति झन् गाँजिएको हुने रहेछ ।

अर्कोतिर नागरीकले नागरिक बडापत्रमा उल्लेख भए बमोजिम कानुनसम्मत सम्पुर्ण आवश्यक कागाजत पेस गर्दा पनि नातागोताको पहुँच पैसाको पावर राजनितिक पहुँच नभएकै कारण समयमा सेवा उपलब्ध नभएर विभिन्न बाहानामा सास्ती खेप्नुपर्ने, ब्यानर बोकेर हिड्नु पर्ने बारम्बार प्रशासन धाउनुपर्ने अवस्था झनै ठुलो भ्रष्टाचार हो।
सायद नागरिकमा पनि आर्थिक अभावको कारण होला लोभ लालचमा चुर्लुम्म डुब्ने गर्दछन् । यआफैलाई पछुतो लाग्ने । यस्तो देख्दा आफैलाई हिनताबोध हुन्छ ।

नत यहाँ संविधान छ, नत स्थिरता, नत शान्ति सुरक्षा छ नत आफुले चाहे जस्तो रोजगारी । हुन त करोडौं रकम भएर पनि नभए सरह गर्ने सरकारलाई त भ्रष्टाचार गरेर पुगेकै छैन अझ अरु साना तहलाई कसरी पो पुगोस् ?
जसले जसरी पायो उसरी पैसा कमाउने लहर चलेको छ । सत्य बोल्यो भने उल्टै सजाय पाउनु पर्ने, माफी त झुट बोल्ने र भ्रस्टाचार गर्नेले पो पाउने गरेका छन् यहाँ ।

हामीले देखेको समाज धेरै फरक छ यहाँ दिनदहाडै चोर्नेले चोरेको छ, ठग्नेले ठगेको छ, मार्नेले मारेको छ, छुट पाएकै छन् । पैसा कमाउन कै लागि डाक्टरले रोग बेचेका छन् अस्पताल किनेका छन् ।

नेताहरुले आश्वासन बेचेर सत्ता किनेका छन् यहाँ त पैसा कमाउने लत लागेको छ । एउटा गरिबले मर्नै लाग्दा पनि अस्पतालको बेड पाउँदैन । एउटा निर्दोष व्यक्तिले दोष बाहेक केहि पाउदैन । कति कुरा हाम्ले भोग्दै आयौं कतिपय समस्यासँग लड्दै आयौं । एउटा श्रमिकले आफ्नो पारीश्रमिक पाउँदैन भने पछि भ्रष्टाचार त प्रत्यक पाइलामा मौलाएको छ ।

माफियातन्त्रलाई यसैगरी बढावा दिँदै जाने हो भने भोलिका दिनमा हाम्रो व्यवस्था, हाम्रा शासक, हाम्रो संविधान, कानुन सबै असफल भएको ठहर गर्दै अन्तर्राष्ट्रिय समुदायले हाम्रो देश संचालनको जिम्मेवारी आफैंले लिन सक्छ ।

यसको समाधानको लागि सत्यतथ्य छानबिन गर्नुपर्ने निकायले पनि आफ्नो काम कर्तव्यमा ध्यान दिन जरुरी हुन्छ र कानुनी प्रक्रियामा गएर भ्रष्टाचारीलाई सजाय दिनुपर्छ तब मात्र केही हदसम्म भ्रष्टाचार नियन्त्रण हुन सक्छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी भुसाल संचारकर्मी हुनुहुन्छ ।