मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षणको तरिका बदल्ने अभियानमा हिलवर्ट, कक्षामा प्रयोग हुँदैछन् यस्ता सामाग्री

शिक्षणको तरिका बदल्ने अभियानमा हिलवर्ट, कक्षामा प्रयोग हुँदैछन् यस्ता सामाग्री

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा २ पिपरामा रहेको हिलवर्ट ईङलिस बोर्डिङ स्कुलमा संचालन गरिएको बालमैत्री शिक्षण सिकाई तालिमका क्रममा तयार पारिएका शैक्षिक सामाग्रीको प्रदर्शनी गरिएको छ । गत शुक्रबार, शनिबार र आइतबार गरी ३ दिनसम्म चलेको तालिमसंगै शिक्षकहरुले हजारौँ शैक्षिक सामाग्री तयार पारेका थिए ।

पाठ्यक्रममा रहेका विविध विषयवस्तुमा केन्द्रित रहेर बनाइएका ती सामाग्रीको आइतबार प्रदर्शनी गरिएको हो । शिक्षकले यसरी बनाएका सामाग्रीलाई अब कक्षाकोठामा प्रयोग गरिने विद्यालयले जनाएको छ । पुरानो तरिकाको शिक्षणले अब विद्यार्थीको शैक्षिक ब्यावहारमा परिवर्तन गर्न नसकिने बताउँदै पहिले शिक्षकको पढाउने शैली नै बदल्नुपर्ने आयोजक हिलवर्ट बोर्डिङका अध्यक्ष दीपक खनालले बताए । आयोजक हिलवर्टसंगै रुपन्देहीका कुँवरवर्ती बोर्डिङ स्कुल र माइलस्टोन मन्टेश्वरीका १ सय शिक्षकको सहभागिता थियो ।

तालिमपछि तिन वटै विद्यालयमा शिक्षण सिकाई क्रियाकलापमा परिवर्तन आउनेमा अध्यक्ष खनालको विश्वास छ । अर्ग्यानिक एजुकेशन काठमाडौँका सिइओ अर्जुन भट्ट र वरिष्ठ मन्टेश्वरी शिक्षक कमला देवकोटाले तालिमको सहजिकरण गर्दै शिक्षकहरुले अब बालमैत्री शिक्षण गर्नुपर्ने बताए । भट्टले कक्षाकोठामा शिक्षण सामाग्री प्रयोग गरी विषयवस्तु अध्यापन गर्दा विद्यार्थीले रमाइलो बातावरणमा छिटो र छरितो तरिकाले बुझ्ने हुँदा शैक्षिक सामाग्रीको प्रयोग महत्वपूर्ण रहेको बताए ।

अब पुरानो शैलीको सिकाइले विद्यार्थीकेन्द्रित सिकाई नहुने स्कुलका प्रिन्सिपल शिव प्रसाद पोख्रेललको भनाई छ । प्रबन्ध निर्देशक बुद्धि पौडेल, पत्रकार चन्द्रकान्त न्यौपाने लगायतले तालिमको फाइदा लिई कक्षाकोठामा प्रयोग गर्न शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रमको संचालक विद्यालयका मावि तह संयोजक तेज प्रसाद आचार्यले गरेका थिए ।

शिक्षकहरुले पनि तालिमपछि धेरै कुरा सिकेको भन्दै खुसी ब्यक्त गरेका छन् । सामाग्री तयार पारेपछि विद्यालयमा प्रदर्शन गर्ने तरिकामाथि पनि शिक्षकले अभ्यास गरेका थिए ।