मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बुद्धभूमिमा आए चुरामणी पन्थी

नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बुद्धभूमिमा आए चुरामणी पन्थी

अपि टाइम्स

कपिलवस्तु । बुद्धभूमि नगरपालिाकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा चुरामणी पन्थी हाजिर भएका छन् । नगरप्रमुख केशव कुमार श्रेष्ठ लगायतले सोमबार पन्थीलाई पुष्पगुच्चाले स्वागत गरेका थिए । बाणगंगा नगरपालिकामा पनि काम गरिसकेका पन्थीले यसअघि भक्तपुरको चागुनारायण नगरपालिकामा कार्यरत थिए ।

बुद्धभूमिमा हाजिर भएका पन्थीले सेवाप्रवाह लगायतका काममा राम्रोसंग काम गर्ने बताए । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो भए मात्र नगरपालिकाका काम कारबाहीमा प्रगति हासिल गर्न सकिने उनले बताए । बुद्धभूमिमा पनि त्यो सम्बन्ध विकास गर्ने उनको भनाई छ ।

नगरप्रमुख श्रेष्ठले पन्थीलाई स्वागत गर्दै कार्यालयका प्रशासनिक काम र नगरबासीको सेवालाई सहज हुनेगरी काम गर्न सुझाएका थिए ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पनि स्वागत कार्यक्रममा सहभागिता थियो । स्वागत कार्यक्रमको संचालन अधिकृत केशव ज्ञवालीले गरेका थिए । पन्थी नेपालको प्रशासनिक क्षेत्रमा राम्रै प्रशासकका रुपमा चिनिन्छन् ।