मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अञ्जली अधिकारी ‘नेकेड एडल्ट च्याट’ धन्दामा पक्राउ

अञ्जली अधिकारी ‘नेकेड एडल्ट च्याट’ धन्दामा पक्राउ

अपि टाइम्स

काठमाडौं । अनलाइन टाइपिङको जागिर लगाइदिने भन्दै किशोरीहरूलाई पोर्न एपको नग्न च्याट धन्दामा लगाउने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्ट्रिप च्याट नामक एप मार्फत अश्लील च्याट गर्न लगाएको आरोपमा एक युवतीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोल घर भइ हाल काठमाडौं गोकर्णेश्वर बस्दै आएकी १९ वर्षीय अञ्जली अधिकारी रहेकी छिन् । कार्यालयका अनुसार आरोपित अधिकारी आर्थिक हिसाबले विपन्न परिवारका किशोरी तथा यवतीहरूलाई अनलाइन टाइपिङको जागिर दिने प्रलोभमा पार्थिन । त्यसमा राम्रो तलब हुने भनेर उनी विश्वस्त पार्थिन् । त्यसपछि उनीहरूलाई स्ट्रिप च्याटमा अकाउन्ट बनाइदिन्थिन् ।

उनको साथबाट फोन, ल्यापटप, वेब क्यामेरा र चार थान पारदर्शी कपडा बरामद गरिएको छ । यस्ता कपडा उनी आफूसँग सम्पर्कमा आएका युवतीलाई उपलब्ध गराउँथिन् । कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ती युवतीका पछाडि उनका प्रेमी भारतीय युवक रहेको खुलेको छ । उनको अहिले खोजी कार्य भइरहेको रेग्मीले सुनाए । पक्राउ परेकी युवतीलाई भने ‘बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३’ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।