मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दिप निर्दोष सावित भएपछि कपिलवस्तुमा युवाहरुको खुसी

सन्दिप निर्दोष सावित भएपछि कपिलवस्तुमा युवाहरुको खुसी

अपि टाइम्स

कपिलवस्तु । पाटन उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको खुसीमा कपिलवस्तुमा पनि दीप प्रज्वलन भएको छ ।

सन्दिपको पक्षमा अदालतले अब झुलाउन नहुनेभन्दै केहिदिन अघि दबाब कार्यक्रम गरेका युवाहरुले अदालतको फैसलासंगै खुसीयालीस्वरुप जिल्लाका बिभिन्न स्थानमा दीप प्रज्वलन गरेका हुन् । बाणगंगा नगरपालिका र शिवराज नगरपालिकामा दीप प्रज्वलन भएको थियो । चार नम्बरमा बाणगंगा क्षेत्रका ब्यक्तिहरु जुटेर खुसीयाली मनाएका थिए ।

दीप प्रज्वलन कार्यक्रम हावाहुरीका कारण प्रभावित भए पनि सन्दिपका समर्थकहरुले सन्दिप हाम्रो मान हो, सन्दिप हाम्रो सान हो, सन्दिप लामिछाने जिन्दाबाद भन्दै बिभिन्न नारा लगाउँदै न्यायमुर्तिलाई धन्यबाद दिएका कार्यक्रम संयोजक पत्रकार चन्द्रकान्त न्यौपानेले बताए ।

कार्यक्रममा बाणगंगा राइडर्स क्लव, बाणगंगा स्टार्स स्पोर्टस क्लब, मोबाइल ब्यवसायी संघ, लियो क्लव लगायतबाट युवाहरुले सहभागिता जनाएका थिए भन स्वतस्फुर्त मानिसको पनि सहभागिता भएको थियो ।

कार्यक्रममा सहभागिहरुले अब नेपाल क्रिकेट संघ (क्यान( ले सन्दीप को निलम्बन फुकुवा गर्नुपर्ने र विश्वकपको लागि खेल्न जान मिल्ने बातावरण मिलाउन आग्रह गरेका थिए । यस्तै शिवराज नगरपालिकाको चन्द्रौटामा पनि त्यहाँका युवा र सामाजिक ब्यक्तिको सहभागितामा दीप प्रज्वलन गरेका छन् । अदालतको फैसलाले देशभरका मानिस खुसी भएर खुसीयाली मनाइरहेका छ्न् ।