मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ बुदे माग राख्दै नेविसंघ कपिलवस्तुले बुझायो प्रशासनमा ज्ञापनपत्र

४ बुदे माग राख्दै नेविसंघ कपिलवस्तुले बुझायो प्रशासनमा ज्ञापनपत्र

अपि टाइम्स

कपिलवस्तु । नेपाल बिद्यार्थी संघ कपिलवस्तुले समसामयिक बिषयबस्तुका ४ बुदे माग सहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई माग कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल समक्ष ज्ञापनपत्र बुझाएको छ।

नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव शक्ति सिंह ठकुरीको उपस्थिति र नेविसंघ कपिलवस्तुका जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेलको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो।

ज्ञापन पत्रमा भएका बिषयलाई तत्काल सरकारले सम्बोधन गर्नुपर्ने बिषयलाई नेविसंघ जिल्ला अध्यक्ष पोख्रेलले उठान गरेका थिए भने अहिले उठेका बिषयले सरकारले विभिन्न बहानामा ढाकछोप गरिरहेको र यस्ता बिषय उपर तत्काल छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने नेपाली कांग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरिले उठान गरेका थिए ।

सहकारी पीडित लाई न्याय र सहकारी प्रकरणमा जोडिएका दोषी उपर कारबाही र शिक्षा बिधेयक जस्ता बिषयबस्तु सहितको मागको ध्यानाकर्षण नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई गराइएको छ।

ज्ञापन पत्रमा आम सर्वसाधारणको जिउधनको सुरक्षासँगै सुशासनको प्रत्याभूति दिलाउने राज्यको निर्शत दायित्व हो । त्यसैगरी संविधानको कार्यान्वयन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई आत्मसाथ गरे मात्रै लोकतान्त्रीक व्यवस्था अन्तर्गत गठन भएका सरकारहरूले आफ्नो उद्देश्य प्राप्त गर्न सक्दछन् ।

पछिल्लो समय नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरू माथि लागेका आरोपहरूलाई विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र सम्बन्धित अड्डा अदालतहरूमा पेश गरिएका प्रमाणहरूले पुष्टि समेत गरि सकेको अवस्थामा, विधिको शासन, दण्डहीनताको अन्त्य र कानुनले निदृष्ट गरे बमोजिम आम नेपाली जनताले उपभोग गर्न पाउनु पर्ने अधिकार समेत वर्तमान सरकारले कुन्ठित गरेको पछिल्ला केही घटनाक्रमहरुले उझागर गरेको विदितै छ उल्लेख गरिएको छ भने नेपाल विद्यार्थी संघले नेपालको समग्र शैक्षिक अवस्थाको उन्नयन सँगै जनजिविकाको सवालमा अहोरात्र क्रियाशील संगठनका हैसियतले नेपालको पछिल्लो राजनीतिक तथा शैक्षिक घटनाक्रमहरूले उब्जाएका प्रश्नहरूको उत्तर खोज्न तथा आम नेपाली जनता र विद्यार्थीहरूले व्यहोर्न परेको समस्याहरू निराकरण गर्न नेपाल विद्यार्थी संघ देहाय बमोजिमका मागहरू जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ। ज्ञापन पत्रमा समाविष्ट गरिएका मागहरूमा सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गरिएको छ ।

उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग गरिएका बुदाहरु नेविसंघ कपिलवस्तुका जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।