मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै, कांग्रेसले संसद रोक्न सक्ने

प्रधानमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै, कांग्रेसले संसद रोक्न सक्ने

अपि टाइम्स

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार चौथो पटक विश्वासको मत लिँदैछन्।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन्।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो। र, समर्थनसमेत फिर्ता लिएको थियो।

संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति नबनाएसम्म विश्वास मत लिने प्रस्ताव अघि बढ्न नदिने बताएको छ।