मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएलः प्लेअफमा कसको प्रतिद्वन्दी को ?

आइपिएलः प्लेअफमा कसको प्रतिद्वन्दी को ?

अपि टाइम्स

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ समीकरण पूरा भएको छ।

गएराति लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँढेपछि प्लेअफ समीकरण पूरा भएको हो।

गएरातिको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले एकरएक अंक बाढेका हुन्।

अंक तालिकामा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, सनराइजर्स हैदरावाद दोस्रो स्थानमा, तेस्रो स्थानमा राजस्थान रोयल्स र चौथो स्थानमा रोयल च्यालेञ्जर्स बैंगलुरू छन्।

पहिलो र दोस्रो स्थानमा रहेका कोलकाता र हैदरावादले प्लेअफ खेल्नेछ। खेल भोलि साँझ पौने ८ बजे नरेन्द्र मोदी स्टेडियममा हुनेछ। जित्ने टिम फाइनल पुग्नेछ।

त्यस्तै तेस्रो स्थानको राजस्थान र चौथो स्थानको बैंगलुरूले बुधबार एलिमिनेटर खेल्नेछ।

एलिमिनेटरमा पराजित हुने टिम आइपिएलबाट बाहिरिनेछ भने जित्ने टिमले क्लालिफायरमा पराजित भएको टिमसँग फाइनलमा पुग्नका लागि खेल्नेछ।