मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटै कार्यकालमा चौथो पटक विश्वासको मत पाउने पहिलो प्रधानमन्त्री बने प्रचण्ड

एउटै कार्यकालमा चौथो पटक विश्वासको मत पाउने पहिलो प्रधानमन्त्री बने प्रचण्ड

अपि टाइम्स

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

प्रचण्डले एक सय ५७ मत पाए भने विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ । आजको मतदानमा एक सय ५८ जना सांसद रहेका थिए ।

प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाएका हुन् ।