काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सोमबार साँझ आक्रोशित हुँदै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् । उनले लेखेका छन्, ‘ को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकीँ छोडिदैन ।’
खासमा उनले यसरी आक्रोशित भएर फेसबुकमा स्टाटस लेख्नुको कारण काठमाडौंको फोहोर बोक्ने गाडीका चार जना चालकलाई प्रहरीले पक्राउ गरेपछि हो ।
बालेनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरु रिहा हुन्नन् सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।’
प्रतिक्रिया