मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमिको प्रतापपुरलाई नार्कले गर्यो जंगली धान संरक्षण क्षेत्र घोषणा, के भन्छन् विज्ञ ?

बुद्धभूमिको प्रतापपुरलाई नार्कले गर्यो जंगली धान संरक्षण क्षेत्र घोषणा, के भन्छन् विज्ञ ?

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न ४ मा स्व – स्थानीय जंगली धान ‘छटर चिन्नी’ संरक्षण क्षेत्र घोषणा गरिएको छ । बुड्डी प्रतापपुर ताल क्षेत्रलाई नेपालको दोश्रो जंगली धान संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

यसअघि पाल्पाको तानसेनस्थित एक क्षेत्रलाई पनि पहाडी इलाकाको पहिलो जंगली धान क्षेत्र घोष्णा गरिएको थियो । प्रतापपुर तराई क्षेत्रको पहिलो संरक्षण क्षेत्र रहेको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले जनाएको छ । जंगली धानलाई स्थानीय भाषा (अवधि) मा छटर चिन्नी नामले चिन्ने गरिन्छ ।

प्रतापपुरमा पाइने जंगली छटर चिन्नी नमको धान पाइने भएको हुँदा संरक्षण गर्न बुद्धभूमिको वडा न ४ अग्रसर रहेको वडा अध्यक्ष सुशील कुमार चौधरीले बताए । उनले त्यस क्षेत्रमा राज्यको नियामक निकायको धयान पुगेको भन्दै अब यसको महत्वबारे स्थानयिलाई पनि बुझाउनु पर्ने बताए ।

नेपाल कृषि अनुसन्धान परिषदका धान विज्ञ डा. मुकुन्द भट्टराईले लोपोन्मुख धान संरक्षण गर्न सकेमा निकट भविष्यमा आउन सक्ने भोकमरीका समस्या टार्न सकिने बताए । प्रतापपुर तालनजिकको क्षेत्रमा जंगली धान पाइने भएको हुँदा आगामी दिनमा यसलाई संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नेपालमा जंगली धान सिमिति क्षेत्रमा मात्र पाइने हुँदा यसको महत्व स्थानीय पालिकाले बुझ्नु पर्ने डाक्टर भट्टराईको भनाई छ । डा. भट्टराईले जतिपनि रोग अवरोधक धानका जातहरू हुन, यस्ता लोपउन्मुख जंगली धानहरुका जिन ट्रान्सप्लान्ट गरेर उपलब्धि हासिल गर्ने सकिने बताए ।

१९६० मा विश्व भोकमरीले आक्रान्त बनेका बेला नेपालमा पाइने यस्ता जंगली धानले पुनः उत्पादनमा सहयोग पुगेको उनको जनाउ छ । जंगली धान लोपोन्मुख रहेको बताउँदै संरक्षण गरेर राख्न सकेमा भावी नयाँ जातका आविष्कार गर्न सकिने जानकारी दिए । कार्यक्रममा स्थानीय समुदायको सहभागिता रहेको थियो । आगामी भदौ महिनामा यसबारे विस्तृत कार्यक्रम गर्ने लक्ष्य रहेको डाक्टर भट्टराईले बताएका छन् । कार्यक्रममा ब्यवसायी विष्णु अर्याल, पत्रकार माधव भाट क्षेत्री, चन्द्रकान्त न्यौपाने, हरि घिमिरे लगायतको सहभागिता थियो ।

जंगलमा उम्रिएको जंगली धान छटर चिन्नी