मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बचतकर्ताले घेरे मञ्जु श्री सहकारीको बुटवल शाखा, यस्तो छ बदमासी !

बचतकर्ताले घेरे मञ्जु श्री सहकारीको बुटवल शाखा, यस्तो छ बदमासी !

अपि टाइम्स

बुटवल,। वचत रकम फिर्ता माग्दा नपाएपछि बचतकर्ताले मञ्जुश्री बहुउद्देश्यीय सहकारीको बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् ।सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेको थियो ।

त्यसअघि नै वचतकर्ताले रकम फिर्ता माग्दै आएका थिए । तर शाखा कार्यालय नै बन्द गरेपछि रकम डुब्ने डरले वचतकर्ताहरु सोमबार कार्यालय घेराउ गर्न पुगेका हुन् । बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा रहेको शाखा कार्यालय घेराउमा करिब सय जनाबढी वचतकर्ता घेराउ गर्न पुगेका थिए ।सहकारीका अध्यक्ष खिमराज भण्डारी काठमाडौंबाट शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् ।

यसअघि पनि वचतकर्ताले वचत रकम फिर्ता माग्दा पाएका थिएनन् । बुटवल शाखाले चेक नसाटेपछि प्रधान कार्यालय भैरहवामा साट्न जाँदा पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् ।

हकारीका अध्यक्ष खिमराज भण्डारीले बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम २ करोड र कर्जा असुल गर्नुपर्ने ३ करोड रुपैयाँ रहेको बताए । कर्जा असली प्रक्रियामा रहेकाले केही समय बुटवल शाखा बन्द गर्नुपरेको बताए । उनले आफू गम्भीर विरामी भएकाले पनि सहकारीको व्यवस्थापन हेर्न नपाएको दावी गरेका छन् ।

कोरोना महमारीपछि आर्थिक क्षेत्रमा परेको असरका कारण लगानी गरिएको कर्जा समयमा असुली नहुँदा तरलता अभाव बढ्दै गएको र कतिपय सदस्यले बचत गरेको रकम अवधि नपुग्दै माग गरेकाले फिर्ता दिंदा तरलता अभाव झनै बढेको उनको भनाइ छ ।

वचतकर्ताले शाखा कार्यालय र अध्यक्ष भण्डारीलाई घेराउ गरेपछि दुबै पक्षलाई राखेर छलफल गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए । सहकारीका कति वचतकर्ताको रकम फिर्ता गर्न बांकी छ भन्ने बारेमा विस्तृत विवरण संकलन गर्न बांकी रहेको प्रहरीको भनाई छ ।