मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुसंग सिमा सटेका भारतीय नाका भोलि साँझ ६ बजेसम्म बन्द

कपिलवस्तुसंग सिमा सटेका भारतीय नाका भोलि साँझ ६ बजेसम्म बन्द

अपि टाइम्स

कपिलवस्तु । भारतसँग सिमाना जोडिएका कपिलवस्तुका नाका बन्द भएका छन् । उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

कृष्णनगर र सुठौली भन्सार सहितका कपिलवस्तु जिल्लाका सीमानाका आज बिहिबार बिहान ६ बजेदेखि बन्द भएका कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । जेठ १२ गते बेलुका ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।

‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने प्रचलन अनुसार नै नाका बन्द भएको हो‘, घिमिरेले भने । कपिलवस्तुको ९३ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।