मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा शाखा रहेको मञ्जुश्री सहकारी घेराउको तयारीमा बचतकर्ता, अपचलनको शंकामा

बाणगंगामा शाखा रहेको मञ्जुश्री सहकारी घेराउको तयारीमा बचतकर्ता, अपचलनको शंकामा

अपि टाइम्स

तस्वीरः बुटवल घेराउ हुँदाको

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शाखा कार्यालय बनाई सेवा संचालन गरेको मञ्जुश्री बहुउद्धेश्यीय सहकारी पनि शंकाको घेरामा रहेको पाइएको छ । वडा नम्बर ४ सिद्धिपुरस्थित रेडियो मायादेवीको छेउमा रहेको सहकारीले बचतकर्ताको रकम अपचलन गरेको हुन सक्ने भएकाले बचतकर्ता रुष्ट बनेका छन् ।

विगत केहि बर्षदेखि ३ तले घर भाडामा लिएर कारोबार गरिरहेको सहकारी केहि समयअघि रेडियोमुनि तलपट्टीको एक सानो घरमा सरेको थियो । शाखा सार्नुको कारणबारे त्यतिखेर नै अपिटाइम्सले जिज्ञासा राख्दा भाडा धेरै रहेको कारण सर्न लागेको शाखा प्रमुखले बताएकी थिइन् । तर शाखा सारेको केहि समयपछि नै यसबारेका वेथितिहरु बाहिर आउन थालेका छन् । शुक्रबार बचतकर्ताले सहकारी घेराउको तयारी गरेको अपिटाइम्सले सुचना पाएको छ ।

सहकारीले तरलता अभावका कारण संस्थाको कहिले शाखा काउन्टर सेवा बन्द गर्ने, कहिले खोल्ने, कहिले ताला लगाउने गरेको थियो । त्यसपछि शंका लागेर बचतकर्ताहरु भेला भएर सहकारीका समस्याबारे मिडियालाई जानकारी गराउने बताइएको छ ।
यसअघि बुटवलको कार्यालय पनि जनताले घरेका थिए ।