मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बचतकर्ताले घेरे ‘मञ्जुश्री’ को बाणगंगा शाखाः अध्यक्षलाई प्रहरीले लग्यो, ब्यवस्थापक फरार

बचतकर्ताले घेरे ‘मञ्जुश्री’ को बाणगंगा शाखाः अध्यक्षलाई प्रहरीले लग्यो, ब्यवस्थापक फरार

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शाखा कार्यालय बनाई सेवा संचालन गरेको मञ्जुश्री बहुउद्धेश्यीय सहकारीलाई बचतकर्ताले घेराउ गरेका छन् ।

वडा नम्बर ४ सिद्धिपुरस्थित रेडियो मायादेवीको छेउमा रहेको सहकारीले बचतकर्ताको रकम अपचलन गर्न थालेपछि बचतकर्ता रुष्ट बनेका छन् । घेराउ गर्न आएका बचतकर्ताले केहिदिनदेखि ब्यवस्थापक कार्यालयमा नरहेको तर बचत संकलन गर्नेहरु भने आजसम्म पनि घरघर गएको बताउँछन् ।

विगत केहि बर्षदेखि ३ तले घर भाडामा लिएर कारोबार गरिरहेको सहकारी केहि समयअघि रेडियोमुनि तलपट्टीको एक सानो घरमा सरेको थियो । शाखा सर्दादेखि नै बचतकर्ताको शंका थियो अमृता घिमिरेले भनिन् बुटवल पनि घेराउ भएको थाहा पाएपछि हामी कार्यालय घेराउ गर्न आएका हौँ । उनले बचतको रेकर्डसमेत नरहेको, ब्यवस्थापकले अनेक प्रलोभन पारेको बताएका छन् । आफूहरले दिनभरी दुख गरेर संकलन गरेको पैसा हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै बचत फिर्ता गर्न आग्रह गरेका छन् ।

ब्यवस्थापक नभएपछि संस्थाका अध्यक्ष भनिने खेमराज भण्डारी कार्यालयमा आएका छन् । उनले बयवस्थापकबाट कमजोरी भएको भन्दै बचत फिताृ दिने बताए । बुटवलको विषयले एकैपटक बचतकर्ता आएर बचत फिर्ता माग गर्दा समस्या भएको उनले बताए ।

उनका अनुसार बिभिन्न शाखामा अहिलेसम्म करिब ७ करोढ जम्मा भएको बताए । त्यसमध्ये ४ करोड रुपैयाँ बिभिन्न स्थानमा लगानी भएको छ ।

भण्डारीले अनुमानित रकम बताए पनि त्यसको कुनै लेखाजोखा छैन । कर्मचारीले पनि बचतकर्ताको तथ्यांकबारे कुनै ठोस कुरा बताउन सकेका छैनन् । एक बचतकर्ताका अनुसार त्यहाँको ब्यवस्थापकले जम्मा भएको रकम साँझ पोको पारेर जाने गरेको आफूले थाहा पाएको बताइन् । कर्मचारीले पनि ४ / ५ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

बाणगंगामा पैसा जम्मा गर्नेहरु निम्न स्तरको परिवारदेखि उच्च आमद्यानी भएकासम्म छन् । श्रोतका अनुसार एक जनाबाट ५ हजारदेखि लाखौँ रुपैयाँसम्म जम्मा भएको छ । अध्यक्ष भण्डारीले जम्मा ५५ / ६० लाखको कुरा रहेको बताउँदै फिर्ता गर्न सकिने बताए । तर अहिल्यै फिर्ता गर्न भने असमर्थ रहेको उनको भनाई छ ।

घटना थाहा पाएपछि इलाका प्रहरी कार्यालय पिपरा घटनास्थलमा आएर बुझ्ने प्रयास गरेको छ भने बचतकर्ताको रेकर्ड र प्रमुख कार्यालयको विवरण माग गरेको छ । यता बचतकर्ताले बचत फिर्ता नभएसम्म छाड्न नहुने बताउँदै ब्यवस्थापकलाई झिकाउन माग गरेका छन् । अध्यक्षलाई सोधपुछको लागि प्रहरीले इलाका प्रहरी कार्यालयमा लगेको छ ।

प्रहरी नीरिक्षक गोपाल रायमाझीले जाँचबुझ गर्दा कैफियत देखिएको र बचतकर्ता पनि आक्रोशित रहेपछि प्रहरी कार्यालयमा लगिएको बताए । कमजोरी भएको स्विकार गर्दै अध्यक्षले बचत रकम फिर्ता गर्न तयार रहेको बताएका अपिटाइम्सलाई बताए ।

सहकारीले तरलता अभावका कारण संस्थाको कहिले शाखा काउन्टर सेवा बन्द गर्ने, कहिले खोल्ने, कहिले ताला लगाउने गरेको थियो । त्यसपछि शंका लागेर बचतकर्ताहरु भेला भएर सहकारीका समस्याबारे मिडियालाई जानकारी गराउने बताइएको छ । यसअघि बुटवलको कार्यालय पनि जनताले घरेका थिए ।