मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हन्डर र ठक्करहरू छिचोल्दै पहिलो टपर श्रेष्ठ बनिन् सहसचिव

हन्डर र ठक्करहरू छिचोल्दै पहिलो टपर श्रेष्ठ बनिन् सहसचिव

अपि टाइम्स

काठमाडौँ । नेपाल प्रशासन सेवाको सहसचिवतर्फ खुला प्रतियोगितामा नाम निकालेकी कृष्णकुमारी श्रेष्ठ देशकै पहिलो ‘टपर’ महिला सहसचिवमा दर्ज भएकी छन् । उनलाई जेठ ४ मा लोक सेवा आयोगले सहसचिवमा सिफारिस गरे पनि नियुक्ति पाउन भने बाँकी नै छ ।

शाखा अधिकृत तहबाट सेवामा प्रवेश गरेको एक दशकभित्रै उनले मारेको यो छलाङ धेरैका लागि अनुकरणीय छ । सफलताको सिँढी पार गर्न उनले अनेकन हन्डर, ठक्करहरू छिचोलेकी छन् ।

३७ वर्षीय कृष्णकुमारी पाल्पाको रामपुर नगरपालिका–८ मा जन्मेहुर्केकी हुन् । उनी १६ दाजुभाइ दिदीबहिनीमध्ये कान्छी हुन् । उनकी आमा तेजकुमारी श्रेष्ठपट्टि ५ दिदीबहिनी र ३ दाजुभाइ छन् भने जेठी आमापट्टि ६ दिदीबहिनी र २ दाजुभाइ छन् । ठूलो परिवारलाई जीविकोपार्जनको मुख्य आधार भनेकै खेतीपाती थियो ।

उनका १४ दाइदिदीले किताबकापी समात्ने अवसर नै पाएनन् । कृष्णकुमारी र उनका कान्छो दाइ भने भाग्यमानी सावित भए । पढ्न पाएका दुवै जना सरकारी जागिरे छन् । कान्छो दाइ नेपाल प्रहरीमा असई छन् । उनी गाउँमै कक्षा १२ सम्मको पढाइ सकाएर प्रहरी सेवामा प्रवेश गरेका थिए ।कान्तिपुरबाट