मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरोहियालाई एक्कासी किन ल्याइयो हेलिकप्टरबाट काठमाडौं ?

सिरोहियालाई एक्कासी किन ल्याइयो हेलिकप्टरबाट काठमाडौं ?

अपि टाइम्स

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ।

मंगलबार दिउँसो उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।

जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई थप उपचारका लागि काठमाडौंमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाइएको हो।

उनलाई सिधै मेडिसिटी अस्पतालमा पुर्‍याएर भर्ना हुने उनका कानुन व्यवसायी किशोर पौडेलले जानकारी दिए।

धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार नागरिकतासम्बन्धी कसुर (झुट्टा विवरण )पेश गरी किर्ते गरेको० मा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

अनुमतिसँगै अदालतले अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको हो।

सिरोहिया बिरामी भएको र काव्या अस्पतालको रिपोर्टअनुसार उनको स्वास्थ्य अवस्थाका कारण अनुसन्धानमा शीघ्रता अपनाउन भनिएको थियो। उनलाई उपयुक्त स्वास्थ्य परीक्षणका लागि आवश्यक व्यवस्था गर्न पनि अदालतले आदेश दिएको थियो।

मुटुको समस्या देखिएपछि प्रहरीले उनलाई जनकपुर प्रादेशिक अस्पताल लगेको थियो। त्यहाँबाट थप उपचारको लागि काब्या अस्पतालमा राखिएको थियो।