मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपको भिसा फेरि अस्विकार गर्यो अमेरिकाले

सन्दीपको भिसा फेरि अस्विकार गर्यो अमेरिकाले

अपि टाइम्स

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ।

आइसिसी टी२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकार गरेको स्रोतले जानकारी दिएको छ।

भिसा प्रक्रियाका लागि लामिछाने बिहीबार दूतावास पुगेका थिए। यसअघि अन्तर्वार्ता दिन उनी गत जेठ ९ गते दूतावास पुगेका थिए। त्यसदिन भिसा दिन अस्वीकार गरेपछि उनी बिहीबार पुनस् अन्तर्वार्ताका लागि दूतावास पुगेका थिए।

यसरी भिसा नदिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए।

सामाजिक सञ्जालमा प्रश्न उठेपछि अमेरिकी दूतावासले भिसाबारे कुनै टिप्पणी गर्न नमिल्ने प्रतिक्रिया दिएको थियो। त्यससँगै विश्वकप खेल्न अमेरिका पुगेको टोलीलाई शुभकामना समेत दिएको थियो।