मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गछौंः कप्तान पौडेल

उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गछौंः कप्तान पौडेल

अपि टाइम्स

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी(२० विश्वकप २०२४ मा आफूहरुले उत्कृष्ट क्रिकेट खेलेर समर्थकहरुलाई गर्व महसुस गराउने बताएका छन् ।

शुक्रबार डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा अभ्यासको क्रममा कप्तान रोहित पौडेलले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘अमेरिकामा आएपछि धेरै समर्थकहरुसँग कुरा गरें । हामीभन्दा बढी तयार समर्थकहरु छन् । मंगलबार नेदरल्यान्ड्सविरुद्ध धेरै साथ दिने समर्थकले बताउँदा एकदमै खुसी लागेको थियो । नेपालमा त झन् हामीभन्दा तीन गुणा बढी तयार छन्’, रोहितले भने, ‘हामी आफ्नो उहाँहरुलाई उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गछौं । टिम विश्वकपको लागि तयार छ ।’२० टोली सहभागी टी२० विश्वकप आइतबारदेखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

नेपालको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्स बाहेक अन्य तीन टेस्ट टोली हुन् । नेपालको समूहमा कठिन प्रतिस्पर्धी रहेका छन् ।

‘विश्वकप भनेको सहज होइन । यहाँ कुनै पनि कमजोर टोली आउँदैन । विश्वलाई हाम्रो क्षमता देखाउन सक्ने अवसर पनि यहीँ नै हो । टी(२० क्रिकेट त्यो दिनमा भरपर्छ । दुई वा तीन जना खेलाडी चलेका कुनै पनि टोलीलाई हराउन सकिन्छ । त्यसको उदाहरणहरु धेरै छन् । अब हामी उदारण दिनुपर्छ जस्तो लाग्छ’, रोहितले भने ।