मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राह्मण समाज नेपाल बाणगंगा ६ वडा समिति गठन

ब्राह्मण समाज नेपाल बाणगंगा ६ वडा समिति गठन

अपि टाइम्स

मिति २०८१ जेठ १९ गते

ब्राह्मण समाज नेपालको बाणगंगा नगरपालिका वडा नं ११ मा वडा समिति गठन गरिएको छ । बाबुराम खनालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा ऋषिराम नेपाल, सचिवमा खेमकान्त पाठक, कोषाध्यक्षमा नर्मदा भुसाल चयन हुनुभएको छ ।

समितिका सदस्यहरुमा सुवास पौडेल,कुल प्रसाद गैरे,खुमानन्द पौडेल, रेशम डुम्रे, र सोमनाथ अर्याल रहनुभएको छ ।
कार्यक्रममा बोल्दै ब्राह्मण समाज नेपाल कपिलवस्तुका सचिव धर्मराज घिमिरेले ब्राह्मण वर्ग समाजको अग्रणी बर्ग थियो आफ्नो काम कर्तव्य र चालचलन विर्सदै जाँदा ब्राह्मणत्व हराउँदै जान थालेको अवस्थामा ब्राह्मण समाज नेपालले जनचेतना तथा सत्संग कार्यक्रम गरेर अगि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।

बढ्दो हिन्दू धर्मप्रतिको नैरास्यता एवं अध्यात्म जागरणका लागि ब्राह्मण समाज नेपाल नगर समितिले विभिन्न प्रशिक्षणहरु – योग जागरण, पूजा विधि प्रशिक्षण, पात्रो हेर्ने प्रशिक्षण, संस्कार प्रशिक्षण आदि पनि सञ्चालन गर्ने कुरा नरपालिकाका अध्यक्ष कमल पौडेलले जानकारी दिनुभएको थियो ।

बाणगंगा नगरपालिका वडा नं ११ बरवास्थित दुर्गा मन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि ब्राह्मण समाज नेपाल कपिलवस्तुका सचिव धर्मराज घिमिरे, नगर कोषााध्यक्ष आचार्य टिकाराम पौडेल विशिष्ट अतिथि एवं अन्य अतिथिहरु सहीत करीब १०० जनाको उपस्थिती रहेको थियो । ब्राह्मण समाज नेपाल बाणगंगा नगरपालिकाका अध्यक्ष कमल पौडेलको सभातित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नगर समितिका उपाध्यक्ष सूर्य प्रसाद भूसालले गर्नुभएको थियो ।