मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कपः एभरेस्टको लगातार दोश्रो जित,आर्मी पराजित

प्रधानमन्त्री कपः एभरेस्टको लगातार दोश्रो जित,आर्मी पराजित

अपि टाइम्स

काठमाडौं। एभरेस्ट भलिबल क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार विजयी हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आइतबार सम्पन्न दोस्रो खेलमा एभरेस्टले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३/० को सोसो सेटमा पराजित गरेको हो।

एभरेस्टले २५/१५, २५/१९ र २५/१९ ले सेट जितेको थियो। एभरेस्टले पहिलो खेलमा कर्णाली प्रदेश खेलकुद विकास बोर्डलाई ३/० को सेटमा पराजित गरेको थियो।