मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीमाथि झोँक्किए बालेन र भने ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला’

ओलीमाथि झोँक्किए बालेन र भने ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला’

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै बालेनले ओलीप्रति आक्रामक टिप्पणी गरेका हुन् । १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनुहोला माननीय केपी ओलीज्यू, बालेनले फेसबुकमा लेखेका छन् ।

ओलीले गिरिबन्धुको बैना लिनेहरूलाई दुई वर्षभित्र जग्गा दिलाउँछौँ भनेर थमथमाएको पनि बालेनले दाबी गरेका छन् । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ूदुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौूँ भनेर थम्थमाउनु भएछ,बालेनले लेखेका छन्, ुगिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

सोही काण्ड लुकाउन न्युरोडमा आफूहरूले बनाउन थालेको फुटपाथमा फेरि सडक बनाउन थालेको बालेनको टिप्पणी छ । यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ,ु बालेनले लेखेका छन्, ुअब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

उनले समयमै गिरिबन्धु पीडितको बैना फिर्ता गर्न पनि आग्रह गरेका छन् । ुनत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला, उनले लेखेका छन् ।