मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई सरकारको लडाईले न्यूरोडमा तनाव, बालेन र नेपाल प्रहरीबीच लडाईको स्थिति

दुई सरकारको लडाईले न्यूरोडमा तनाव, बालेन र नेपाल प्रहरीबीच लडाईको स्थिति

अपि टाइम्स

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो ।

अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ । सडकस्थलमा नेपाल प्रहरी पनि तैनाथ छन् । सडक डिभिजनले पेलेर गए हातमा दही समाएर नबस्ने रणनीतिमा महानगरीय प्रहरी रहेका देखिन्छन् । यस्तो अवस्थामा दुई प्रहरीकाबीच तनाव हुने स्थिति देखिन्छ ।