मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट छलफलः सत्तापक्षबाटै विरोध, विपक्षीको समर्थन

बजेट छलफलः सत्तापक्षबाटै विरोध, विपक्षीको समर्थन

अपि टाइम्स

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकारको आगामी आर्थिक बर्ष २०८१र८२ को बजेट सकारात्मक भएको टिप्पणी गरेका छन् ।

बजेटले राखेको १२ खर्ब ६० अर्ब राजश्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने भन्दै उनले औषधि प्रयोजनका लागि गाजा खुला, घरेलु मदिरा बिक्री गर्ने कानुनी व्यवस्था, जडिबुटी खेती र गैरकानुनी कारोबार नियन्त्रण गर्ने हो भने १९ खर्ब राजस्व उठाउन सकिने हिसाब सुनाए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा बोल्दै बजेटले केही नयाँ कार्यक्रम र आइडिया ल्याएको बताए । १४ मिनेट समय पाएका सांसद गुरुङले बजेटका कार्यक्रमहरुको आलोचना गरेनन् । केबल राजस्व बढाउनतिर नलागेर ऋण लिनु बेठीक भएको बताए ।

‘ऋण लिएर घिउ खाने बानी अन्त्य गर्नुपर्छ, ऋण लिएर भैंसी किन्नुपर्छ’, उनले भने । भैंसी किनेपछि दूध, दही मही सबै खान पाइने भन्दै कांग्रेस उपसभापति गुरुङले राजस्व वृद्धिमै जोड दिनुपर्ने धारणा राखे ।

दुई ठाउँमा पूर्वअर्थमन्त्री प्रकाशशरण महतको आलोचना गरेका गुरुङले आफूले भनेको सुन्ने व्यक्तिलाई पार्टीले अर्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे ।

कांग्रेस–माओवादी गठबन्धन सरकार रहँदा गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए । सरकारमा रहँदा र बाहिर रहँदा फरक कुरा गर्न नहुने भन्दै उनले नकारात्मक ढंगले कसैले कुरा राख्न नहुने बताए ।
यता सत्तापक्षका सांसदले भने बजेटको आलोचना गरेका छन् । एमालेका रघुजि पन्तले विरोध गरे । यस्तै प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीको पनि बजेटमाथि असन्तुष्टि रहेको छ । सत्ता पक्षका सांसदले नै बजेटमा नकारात्मक टिप्पणी र विपक्षीबाट सकारात्मक छलफल हुनुलाई अर्थपूर्ण तवरले हेरिएको छ ।