मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोलियो रोगविरुद्धको खोप अभियान प्रभावित, कारण उच्च गर्मी र तातो हावा

पोलियो रोगविरुद्धको खोप अभियान प्रभावित, कारण उच्च गर्मी र तातो हावा

अपि टाइम्स

काठमाण्डौ । सरकारले गएको जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले तराईका धेरैजसो जिल्लामा उच्च गर्मी र तातो हावाको लहर चलेसँगै खोप अभियान प्रभावित भएको बताए ।

गर्मीका कारण तराईरमधेशमा कतिपय विद्यालय बन्द गरिएको छ । विद्यालय बन्द हुँदा आईपीभी खोप कार्यक्रम सञ्चालन भए पनि प्रभावित भएको हो । पानी पर्न र केही शितल हुन थालेसँगै अब फेरि विद्यालय खुल्ने र खोप अभियान पनि सञ्चालन गर्ने डा गौतमको भनाई छ । उनका अनुसार अहिलेसम्म चार लाख १७ हजार पाँच सय ३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप आईपीभी लगाइसकेका छन् । यो २८ दशमलव ५ प्रतिशत हो ।

अहिलेको खोप लगाएको यो तथ्याङ्क ४६ जिल्लाको हो । अन्य जिल्लाबाट तथ्याङक आउन बाँकी छ । खोप अभियानकाक्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप आईपीभी लगाउने लक्ष्य राखेको छ । अभियान यही जेठ २६ गतेसम्म सञ्चालन हुने गरी शुरु गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य सस्थामा पनि खोप अभियान सञ्चालन गर्नेछ । खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गरेको हो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । उज्यालाबाटे