मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी–२० विश्वकपः भारत र आयरल्यान्ड पहिलोपटक भिँड्दै

टी–२० विश्वकपः भारत र आयरल्यान्ड पहिलोपटक भिँड्दै

अपि टाइम्स

काठमाण्डौ । टी–२० विश्वकप क्रिकेटमा आज भारत र आयरल्यान्ड खेल्दैछन् । खेल न्यूयोर्कमा नेपाली समयअनुसार बेलुका सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा रहेका भारत र आयरल्यान्डले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।

समूह ‘ए’ मा आयोजक अमेरिकासहित क्यानडा, भारत, आयरल्यान्ड र पाकिस्तान रहेका छन् । यो समूह अन्तर्गत आयोजक अमेरिकाले उद्घाटन खेलमा क्यानडालाई ७ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । जुन २ तारिखदेखि शुरु भएको टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो ।

गएराति इङ्ग्ल्यान्ड र टल्यान्डबीचको खेल भने वर्षाका कारण नतिजा विहीन भएको छ । इङ्ग्ल्यान्डले सन् २०१० र २०२२ मा तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा गरि दुई पटक टी–२० विश्वकपको उपाधि जितेका छन् ।

त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलङ्का र पाकिस्तानले एकरएक पटक टी–२० विश्वकप जितेका छन् । भारतले पहिलो संस्करण २००७ मा उपाधि जितेको थियो ।

त्यस्तै अस्ट्रेलियाले २०२१ मा, श्रीलङ्काले २०१४ मा र पाकिस्तानले २००९ मा उपाधि जितेको थियो । गएराति भएको विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल भने नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । तस्बिरः सामाजिक सञ्जाल