मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षामन्त्रीलक्षित ओलीको भनाईलाई लिएर किन आक्रोशित भए गृहमन्त्री ?

शिक्षामन्त्रीलक्षित ओलीको भनाईलाई लिएर किन आक्रोशित भए गृहमन्त्री ?

अपि टाइम्स

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको बताए।

उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्नेकुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे। कोसँग माया गर्ने, कोसँग विवााह गर्नेरु भन्नेकुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरुले केही पनि गर्न नसक्ने उनको तर्क थियो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले नेपाली समाजले अहिले अन्तरदेशीय विवाहको सामना गरिरहनुपरेको बताए।

उनले भने, ‘शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भिर आपत्ति जनाएका छौँ। तपाईले कसलाई माया गर्ने, कोसित बिबाह गर्ने, तपाईको व्यक्तिगत जीवन कस्तो हुनेरु भन्नेकुरा तपाईको निर्णय हो, मात्र तपाईको। अरु कसैको निर्णय होइन। तपाईलाई कोसँग माया गर्नुछ, तपाईले कोसँग विवाह गर्नुहुन्छ, त्यो तपाईको व्यक्तिगत निर्णय हो। त्यो निर्णयको सम्मान गर्ने बाहेक अरुले त्यसमा केही पनि गर्न सक्दैन।’

अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेको भन्दै कयौँ टिप्पणीहरु आइरहेको बताए।

अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना लक्षित टिप्पणी गरेका थिए।

उपप्रधानमन्त्री लामिछानेले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाहको विषयलाई लिएर नकारात्मक टिप्पणी हुने गरेकोमा पनि आक्रोश व्यक्त गर्दै जीवन जिउन उनीहरुको इच्छा भएकाले त्यस अधिकारलाई सरकारले दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे।