मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री

नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री

अपि टाइम्स

एजेन्सी। नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री भएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएका हुन्। यसपछि मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट गरेका थिए।

राष्ट्रपति भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मोदीले आफूलाई राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिएका हुन्।

ुमलाई माननीय राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। मैले सम्भवत आइतबार प्रधानमन्त्रीको शपथ ग्रहण हुने जानकारी गराएको छु,ु मोदीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।

उनले शपथ ग्रहण गर्नुअघि मन्त्रीहरूको नामावली सूची राष्ट्रपतिकहाँ पेस गर्ने जानकारी पनि दिएका छन्।