मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः कपिलवस्तुलाई यसरी सम्बोधन

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः कपिलवस्तुलाई यसरी सम्बोधन

अपि टाइम्स

कपिलवस्तु । कृषि, पर्यटन, उद्योग, वन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजनालाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कपिलवस्तुलाई समावेश गर्दै केहि योजनाले प्राथमिकता पाएको छ ।

कृषि तर्फ ‘किसानको हात प्रदेशको साथ’को नारालाई आत्मसात गर्दै कपिलवस्तुमा मसिनो धान, गहुँ र बसन्ते मकै, पशुपन्छी तर्फ भैसी र माछापालनलाई बिशेष प्राथमिकताका साथ प्रवद्र्धन गरिने नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरे ।

यस्तै, कपिलवस्तुको ऐतिहासिक शिवगढीलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । लुम्बिनीलाई केन्द्रबिन्दु बनाइ सगरहवा, निग्लिहवा, कुदान र तिलौराकोट लगायतका स्थल समावेश गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन कार्यक्रम तयार गरी संघीय सरकारको समन्वयमा अगाडि बढाइने छ ।

कपिलवस्तुको तिलौराकोटदेखि लुम्बिनी सम्म मायादेवी पदमार्ग निर्माणका लागि संभाब्यता अध्ययन गरिने नीति समेत पारित गरिएको छ । कपिलवस्तुको चन्द्रौटामा निर्माणाधीन पुर्नताजगी केन्द्र (रिफ्रेस सेन्टर) को पहिलो चरणको निर्माण कार्य सम्पन्न गरी सञ्चालनको लागि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम पनि पारित भएको छ ।

प्रमुख राजमार्गमा हुने दुर्घटनालाई मध्यनजर गरी कपिलवस्तुको जितपुरमा ट्रमा केयर सम्बन्धी प्राथमिक उपचार सेवा बिस्तार गरिने छ । यस्तै, कपिलवस्तुको तिलौराकोट र शिवपुरमा एकिकरण बिधिबाट आधुनिक, सुरक्षित र ब्यवस्थित शहरको विकास गरिने नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।