मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खराब स्थितिमा क्रिज छिरेका मिलरको अर्धशतकमा दक्षिण अफ्रिकाको जित

खराब स्थितिमा क्रिज छिरेका मिलरको अर्धशतकमा दक्षिण अफ्रिकाको जित

अपि टाइम्स

काठमाडौं। डेविड मिलरको अर्धशतकसँगै दक्षिण अफ्रिकाले आइसिसी ट्वान्टी(२० विश्वकपमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ।

शनिबार सम्पन्न समूह डी को खेलमा दक्षिण अफ्रिका चार विकेटले विजयी भएको हो। जितसँगै शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले दुई खेलबाट चार अंक जोडेको छ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सको भने यो पहिलो हार हो। पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले नै पराजित गरेको थियो।

नेदरल्यान्ड्सले दिएको १०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ७ बल बाँकी रहँदा ६ विकेट गुमाएर १०६ रन बनायो।

दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित रहद्ददै ५९ रन बनाए। ५१ बल खेलेका उनले तीन चौका र चार छक्का प्रहार गरे। ट्रिस्टन स्टब्स ३३ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो रहेन।

नेदरल्यान्ड्सका भिभियन किङ्मा र लोगान भान वीकले समान दुई विकेट लिए। बास डे लीडेको नाममा एक विकेट रह्यो।

त्यसअघि नासाउ काउन्ठी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।

नेदरल्यान्ड्सका साइब्रैन्ड एंगलब्रेखतले सर्वाधिक ४० रन बनाए। ४५ बल खेलेका उनले दुई चौक र एक छक्का प्रहार गरे। लोगान भ्यान वीक २३ र विक्रमजित सिंह १२ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन। दक्षिण अफ्रिकाका

दक्षिण अफ्रिकाका आन्ठनील ब्याटम्यानले सर्वाधिक चार विकेट लिए। मार्को यान्सन र एनिच नोर्खिएले समान दुई विकेट लिए।