मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साइक्लिङसंगै ‘सामाजिक कार्य’ मा बाणगंगा राइडर्सको सक्रियता

साइक्लिङसंगै ‘सामाजिक कार्य’ मा बाणगंगा राइडर्सको सक्रियता

अपि टाइम्स

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा स्थापना भएको बाणगंगा राइडर्स क्लवले साइक्लिङसंगै सामाजिक र मानवीय कार्यको पनि थालनी गरेको छ । वातावरणीय तथा शारीरिक स्वास्थ्यको लागि साइकल चलाउनु पर्दछ भन्ने जनचेतना जगाउने उद्धेश्यले स्थापना भएको क्लवले अब सामाजिक कार्यमा पनि संलग्न रहनुपर्दछ भन्ने निर्णंय गर्दै वडा नम्बर १ बाट सामाजिक कार्यको थालनी गरेको हो ।

उत्तमनगर ‘उप्टहवा’ मा बनेको स्वास्थ्य चौकीमा विरामीको लागि शुद्ध खानेपानीको सुविधा छैन भन्न सुनेपछि क्लवमा आवद्ध सदस्यहरुले रकम जुटाई तातो चिसो शुद्ध पानी पिलाउने फिल्टर मेसिन हस्तान्तरण गरेका हुन् । क्लवका अध्यक्ष विष्णु प्रसाद सापकोटा, क्लवको परिकल्पनाकार विष्णु घिमिरे लगायतको टोली मंगलबार विहानै सात बजे साइकल ड्रेसमै फिल्टर हस्तान्तरणको लागि स्वास्थ्य चौकीमा पुगेका थिए ।

फिल्टर ग्रहण गर्दै स्वास्थ्य चौकीकी इन्चार्ज ईश्वरा खरेलले विरामीको लागि क्लवले ठुलो गुन लगाएको बताइन् । आमा समुहले दिएको जग्गामा स्वास्थ्य चौकीको भवन बनेको भए तापनि त्यहाँ अझै पनि केहि कुराहरुको अपुग छ, इन्चार्ज खरेलले भनिन् ‘सहयोगको लागि क्लवलाई धन्यबादक्क्वले निकै राम्रो काम गरेको छ । हामीले नगरमा पनि यसबारे समिक्षा गर्नेछौँ । हजुरहरुको सहयोगले यहा आउने विरामीको लागि धेरै राम्रो गर्नेछ ।’

उनले स्वास्थ्य चौकीको समग्र अवस्था ‘राम्रो र अभाव पक्ष’ बारे पनि बताएकी थिइन् । स्वास्थ्य चौकीले क्लवलाई खादा, पुष्पगुच्चाले स्वागत गरेको थियो ।

क्लवका अध्यक्ष सापकोटाले क्लव स्थापना भएको धेरै समय भएको भए पनि दर्ता प्रकृया पुरा भएको २ महिना मात्र भएको जानकारी गराउँदै आगामी दिनमा नगरका दुखी, गरिब र असहाय ठाउँमा क्लव पुग्ने, जनचेतनामुलक कार्यक्रम तथ पर्यावरण संरक्षण र सरसफाइको लागि काम गर्ने बताए ।

कार्यक्रमको संचालन सचिव रामचन्द्र बेलबासेले गरेका थिए । उनका अनुसार अब जनप्रतिनिधिका कामको पनि क्लवले बेलाबेलामा अनुगमन गर्ने छ ।

टोली अब नगरका कुना कन्दरामा पुग्ने र विकास निर्माणको अवलोकन र अध्ययन संगै आवश्यक ठाउँम खबरदारी गर्ने क्लवका सदस्यहरु बताउँछन् । क्लवमा करिब ४० जना सदस्य आवद्ध छन् । सबै सदस्यहरु यस क्षेत्रका ब्यापार, ब्यवसाय र पेशामा आवद्ध भएका ब्यक्ति हुन् ।

उनीहरु विहान विहान क्लवको पहेँलो जर्सी लगाएर नगर भित्र तथा बाहिरका बिभिन्न ठाउँहरुमा साइकल चलाएर पुग्ने गर्दछन् । स्वास्थ्य बन्न र बातावरण सफा राख्नको लागि यस्तो अभियान सुरु गरिएको क्लवका उपाध्यक्ष विष्णु गैरेले बताए । टोलीलाई देखेर अहिले क्लवप्रति आकर्षण बढेको छ ।