मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र श्रीलंका बीचको खेलमा बर्षा हुन सक्ने, बढ्यो चिन्ता !

नेपाल र श्रीलंका बीचको खेलमा बर्षा हुन सक्ने, बढ्यो चिन्ता !

अपि टाइम्स

काठमाडौँ । आइसिसी टी(२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७ः ३० बजे, नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे श्रीलंकासँग खेल्दैछ।

समूह ‘डी’ मा नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा हुँदा दुवै टोलीलाई फ्लोरिडाको ब्रोवार्ड काउन्टीको मौसमले चिन्ता बढाएको छ।

मौसम पूर्वानुमानअनुसार खेल हुने समयमा पानी पार्ने सम्भावना अत्याधिक छ। श्रीलंका विरूद्धको खेलअघि अन्तिम अभ्यासका लागि सेन्टर ब्रोवार्ड काउन्टी रंगशालामा भेटिएका नेपालका कप्तान रोहितकुमार पौडेल पनि मौसमकै चिन्ता गर्दै थिए।

‘सकेसम्म खेलको टसको बेलमा र खेल सुरू हुने बेलमा वर्षाले असर नगरोस् भन्ने लागेको छ,’ उनले भने।

गर्मी बढिरहेको फ्लोरिडामा अहिले हरेक दिनजसो वर्षा भइरहेको छ। दुई दिनअघि भारी वर्षा हुँदा ब्रोवार्ड काउन्टी मैदानमा पानी निकै जमेको थियो। त्यसले पनि खेललाई असर गर्ने देखिन्छ।

तर ग्राउन्ड स्टाफ भने पानी रोकिएको २० मिनेटपछि मैदान खेल्न योग्य हुने दाबी गर्छन्।

यो मैदानको पीच अमेरिकाको न्युयोर्क र डालासको तुलनामा ब्याटिङका लागि उपयुक्त दिएको छ।

वार्म अप खेलमा श्रीलंकाविरूद्ध नेदरल्यान्ड्सले यो मैदानमा १८१ रन जोड्दा जावाफी ब्याटिङ गरेको श्रीलंकाले १६१ रन मात्र जोड्न सकेको थियो।

आयरल्यान्ड विरुद्धको अर्को खेलमा श्रीलंकाले १६३ रन जोडेको थियो। यद्यपी आयरल्यान्ड १२१ रनमा अलआउट भएको थियो। विश्वकपको समूह चरणको खेल भने यो मैदानमा पहिलो पटक हुन लागेको हो।

नेपालका कप्तान रोहित पनि श्रीलंका र नेपालबीचको खेल हाइ स्कोरिङ हुने विश्वास गर्छन्।