मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीमा गुरूङ भौतिक पूर्वाधार र देवकोटा ऊर्जा मन्त्री

गण्डकीमा गुरूङ भौतिक पूर्वाधार र देवकोटा ऊर्जा मन्त्री

अपि टाइम्स

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र नेकपा ९माओवादी केन्द्र० को चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्।

साथै नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन्। मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए।

गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री नियुक्त भएका थिए।