मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्तव्य निर्वाहमा अब्बल हँसिला इन्सपेक्टर रायमाझी, देख्नै सक्दैनन् ‘लागु औषधको अपराध’

कर्तव्य निर्वाहमा अब्बल हँसिला इन्सपेक्टर रायमाझी, देख्नै सक्दैनन् ‘लागु औषधको अपराध’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

बाणगंगा । एकदिन अनौपचारिक कुराकानीको सन्दर्भमा प्रहरी नीरिक्षक (इन्सपेक्टर) गोपालजंग रायमाझीले भनेका थिए, ‘अरु भूमिकामा के हुन्छु थाहा छैन नराम्रो कहिँ पनि हुँदिनँ, तर लागु औषध कारोबारी र यसका अपराधीलाई प्रहरी जीवभर छोड्दिनँ । लागु औषधको कारोबार रोक्नु र यस्तो अपराधमा संलग्न जोकोहीलाई पनि च्याप्प समातेर कानुनी प्रकृयाअनुसार गर्नु मेरो मिसनमा पर्दछ ।’
उनले थपेका थिए, ‘मेरो मिसन यस्तो हुनुको पछाडि कारण छ त्यो भनेको लागु औषधको कुलतमा समाज भासियो र फस्यो भने यहाँबाट अरु थुप्रै अपराधको जन्म हुन्छ । लागु औषधको अपराध अपराधको पनि जननी हो । यसले समाजलाई नराम्ररी विगार गर्दछ । प्रहरी जीवनर जहाँ जहाँ पुग्नेछु यहि मिसनमा काम गर्नेछु ।’

इन्सपेक्टर रायमाझीले यो भनाई इलाका प्रहरी कार्यालय पिपरामा हाजिर हुँदा बखत कुनै भेटमा राखेका थिए । रायमाझी पिपरामा आएको अझै १ बर्ष भएको छैन । ८० भदौको ३ गते पिपरामा हाजिर भएका उनले छोटो समयमै अपराध न्यूनिकरणमा ठुलो सफलता हासिल गरेका छन् । उनले गरेको कामको तथ्यलाई मुल्यांकन गर्दा उनले गफ नचुटेर इमान्दारपूर्वक कर्तव्य निर्वाहा गरेको पुष्टि हुन्छ ।

अपराधका अरु घटनामा पनि उत्तिकै सफलता हासिल गरेका रायमाझीले आफूले भनेजस्तै लागु पदार्थ दुर्वस्यनी, यसको ओसारपसारमा संलग्न ब्यक्ति र उनको अखडा पत्ता लगाउने सन्दर्भमा मिसनमै काम गरेका छन् । यसैकारण उनले लुम्बिनी प्रदेशकै उत्कृष्ट प्रहरीको पुरस्कार पनि पाएका छन् । मुख्य अपराध निययन्त्रण, अनुसन्धान तथा सम्मानित अदालतको फैसला कार्यान्वयन लगायतका शान्ती सुरक्षा, समन्वयमा रायमाझीको रचानात्मक कार्य भएकै कारण सम्मानित भएका हुन् ।

बाणगंगा नगरपालिकाका ११ वटै वडा र इलाकाभित्र पर्ने कपिलवस्तु नगरपालिकाका केहि वडामा इन्स्पेक्टर रायमाझीले यसरी काम गरिरहेका छन् कि उनको नाम सुन्ने वित्तिकै अपराधिको सातो जान्छ । सदैव हँसिला, लामो जुँगा पालेका, हृष्ट, पुष्ट देखिने रायमाझीको तस्वीर देख्दा त कारोबारी थरथरी काँप्ने सम्मको स्थिति बनेको छ । किनकि उनले स–साना कारोबारीदेखि मुख्य नाइकेहरुलाई पनि बाँकी राखेका छैनन् । कारोबारी नेता र ठुलामान्छेका ब्यक्तिहरु भए पनि रायमाझीले भनसुन सुन्दैनन् र शुन्य सहनशिलता अपनाएर काम गर्दछन् ।

केहि दिनअघि मात्र १ ग्राम , १८० मिलिग्राम ब्राउन सुगरसहित रायमाझीको नेतृत्वले कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बाट एक जना नाबालकलाई समातेका थिए । नाबालक भए पनि उनी कपिलवस्तुकै मुख्य कारोबारी रहेको रायमाझी बताउँछन् । ती नाबालकलाई समाउनु आफ्नो ठुलै सफलता रहेको रायमाझी बताउँछन् । रायमाझी भन्छन् ‘नाबालक छ तर यसको धन्दाको कुरा सुन्दा छक्क पर्ने खालको छ । यसले भारतदेखि ओसारपसार गर्ने गरेको सुचना थियो । अहिले अनुसन्धानमा छौँ ।’ नाबालक भए पनि कानुनअनुसार मुद्धा चल्ने उनले बताए ।

प्रहरी नीरिक्षक रायमाझीको कमाण्डले ती नाबालकसहित अहिलेसम्म ४७ जना कारोबारी पक्राउ गरिसकेको छ । समातिनेमा १ जना महिलाबोहक अरु पुरुषहरु रहेका छन् । समातिएकामध्ये २६ जनाविरुद्ध लागु पदार्थ कारोबार तथा ओसारपसारमा मुद्धा प्रकृया चलिरहेको छ भने १९ जना धरोटीमा छुटेका छन् । २२ जनाले जरिवाना तिरेर छुटेका छन् र ५ जना अहिले पनि इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको रायमाझीले बताए ।

नाबालक समातिएसंगै अब लागु औषधको अनुसन्धान गर्न र थप गिरोह पत्ता लगाउन सहज हुने रायमाझीको भनाई छ ।
यस्तै रायमाझी फरार प्रतिवादी पक्रन पनि सफल भएका छन् । लामो समय लुकेको अमौली घटनामा संलग्न ४ सहित ४८ फरार अभियुक्तलाई समाउन पनि आफू सफल भएको रायमाझीले बताए । ससाना अरु धेरै घटनाहरुलाई कानुनी दायरामा ल्याइएको रायमाझी बताउँछन् ।

आफूले पाएको सम्मानले प्रहरी सेवाको लागि थप हौसला भएको उनी बताउँछन् । रायमाझी सोझै इन्स्पेक्टर पदमा परीक्षा दिएर पास भएपछि प्रहरी सेवामा लागेका थिए । कार्यालयमा प्रशासनिक काम गर्न, मातहतका प्रहरीको मनोवल बढाउन पनि रायमाझी कुशल देखिन्छन् भने समुदायस्तरमा सम्बन्ध कायम गर्न पनि उनी माहिर छन् । ब्यावहारिक रुपमा मिलाउनु पर्ने घटनामा पनि रायमाझीले लचिलो देखिन्छन् । यिनै कारण पनि उनको समुदायस्तर रायमाझी प्रिय बनेका छन् ।

रायमाझीले सफलता हासिल गरेका अरु मुख्य घटना

१ः मिति २०८१।०१।२३ गते रातको समयमा जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.०१ बुङ्ची स्थितमा सिकार गरी ल्याएको मृग काट्न लागेको अवस्थामा प्रहरीले जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ९ बस्ने बर्ष अं.५४ को चित्र बहादुर मल्ल ठकुरी, जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. १ बस्ने बर्ष अं.३२ को असिम खाँण, ऐ.ऐ. बस्ने बर्ष अं.४० को दुर्गा बहादुर शाही र ऐ.ऐ. बस्ने बर्ष ७३ को धन बहादुर सेन समेतलाई तीन नाल हातहतियार तथा खरखजना,कार तथा सिकार गर्न प्रयोग गर्ने सामाग्री सहित कानून बमोजिम पक्राउ भई आवश्यक कारवाहीको लागी सम्बन्धी वन समेतमा पठाई यस कार्यालयबाट हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान सम्पन्न भैइ दुई जना पुर्पक्ष को लागि कारागार गएको
२ः मिति २०८०।०८।२९ गते जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.२ गोबडिहवा स्थितमा जिल्ला नवलपरासी (पुर्व) देवचुली नगरपालिका वडा नं.२ बस्ने २३ को मुक्ति प्रसाद खनालले डेरा कोठामा लिई, सोही कोठामा सँगै रहेको अवस्थामा छ जना मानिसहरु तथा लागु औषध (ब्राउन सुगर) जस्तो पदार्थ, नगद ने.रु.३,४९,२५५।– ( तीन लाख उनपचास हजार दुई सय पचपन्न मात्र ),मोवाईल थान ९, सुन तथा चाँदीका जस्ता गरगहना, ल्यापटप समेतका चोरीमा सरसामान बरामद भई सम्मानित अदालतमा पेश भएकोमा ४ जना पुर्पक्षमा ।

३ः मिति २०८०।०६।३० गते बा २० च ९८३२ नं.को निजी कार चेकजाँच गर्ने क्रममा उक्त कार को अगाडिको बायाँ तर्फको सिटको पछाडि तर्फ सिट कवर भित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकमा पोका भित्र सेतो कागजको ४८ (अड्चालिस) पुरिया फेला परेको उक्त पुरियाहरु खोली हेर्दा लागु औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ रहेको, तत्काल मान्यता प्राप्त तराजुमा कागज सहित एकमुष्ठ तौल गर्दा १२ ग्राम ३६० मिलिग्राम (बाह्र ग्राम तिन सय साठी मिलिग्राम) र कागज रहित एकमुष्ठ तौल गर्दा २ ग्राम ९०० मिलिग्राम (दुई ग्राम नौं सय मिलिग्राम) लागु औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ फेला परेको कारचालक सहित चार जना पक्राउ भएकोमा सम्मानित कपिलवस्तु जिल्ला अदालतको आदेशले पुरपक्षमा

४ः मिति २०८०।०६।०१ गते जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा न.०८ बालपुर वुवा छोराको विवादका क्रममा छोरा बिकाश र भुवन परियार भन्ने भुवन दर्जी निजकै बुवा बल बहादुर दर्जीको टाउकोमा प्रहार गरी हान्दा सख्त घाईते बनाएको हुदा घाईते भई औषधी उपचार गराउने क्रममा निज बल बहादुर दर्जीको मृत्यू भएक कर्तव्य ज्यान सम्बन्धी मुद्दामा हाल पुर्पक्षमा ।