मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वबाट पश्चिम सर्दै मनसुनी वायु, लुम्बिनी र सुदूरपश्चिममा अझै गर्मी

पूर्वबाट पश्चिम सर्दै मनसुनी वायु, लुम्बिनी र सुदूरपश्चिममा अझै गर्मी

अपि टाइम्स

काठमाण्डौ । पाँच दिनसम्म पूर्वी क्षेत्रमै सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो । मनसुनी वायुकै प्रभावले बाग्मती प्रदेशका अरु ठाउँ र काठमाण्डौको आकाशमा बादल देखिएको उहाँले बताउनुभयो ।

मौसमविदकाअनुसार मनसुनी वायु भित्रिनेबित्तिकै पानी पर्छ भन्ने हुँदैन । तर आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही ठाउँ तथा मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले कोशी र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुकै प्रभावले वर्षा भएको मौसमविद पूडासैनीले जानकारी दिनुभयो । मनसुन पश्चिमतिर पुग्न भने अझै केही दिन लाग्नेछ ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदशेका तराई भेगमा अझै केही दिन गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि पश्चिम तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नेपालमा यसपटक औसत समयभन्दा तीन दिन छिटो जेठ २८ गते मनसुन भित्रिएको हो ।