मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुडानको अल–फाशर झडप, दुई सय २० जनाभन्दा धेरैको ज्यान गयो

सुडानको अल–फाशर झडप, दुई सय २० जनाभन्दा धेरैको ज्यान गयो

अपि टाइम्स

एजेन्सी । सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० जनाभन्दा धेरैको ज्यान गएको छ । परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स ९एमएसएफ० ले अल–फाशरमा भएको पछिल्लो लडाइँमा दुई सय २० जना भन्दा धेरै मारिएका र एक हजार चार सय जना घाइते भएका जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

निरन्तरको हवाई आक्रमण र गोलाबारीका कारण घाइतेले उपचार पाउनसमेत सकिरहेका छैनन् । एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले अल–फाशरमा अवस्था अराजक बनेको बताउनुभएको छ ।

अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको शहर हो । यो शहर सुडानी सेनाले पूर्व डेपुटी कमान्डर मोहम्मद हमदान डाग्लोको नेतृत्वको आरएसएफविरुद्ध लडिरहेको युद्धको केन्द्रबिन्दु बनेको छ ।

अल–फाशरमा आरएसएफले गरेको घेराबन्दी अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्रस्ताव नै पारित गरेको छ ।