मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण अफ्रिकासँग १ रनले हार्दा नेपाल सुपर ८ बाट बाहिर

दक्षिण अफ्रिकासँग १ रनले हार्दा नेपाल सुपर ८ बाट बाहिर

अपि टाइम्स

काठमाडौं । आइसिसी टी२० विश्वकपको अन्तिम आठमा प्रवेश गर्ने सम्भावना कायमै राख्नका लागि दक्षिण अफ्रिकाविरूद्ध जित्नै पर्ने खेलमा नेपाल १ रनले पराजित भएको छ।

११६ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम बलमा जितका लागि २ रन र सुपर ओभरमा पुग्नका लागि १ रन आवश्यक रहेकोमा गुल्सन झा रन आउट हुँदा नेपाल १ रनले पराजित भएको हो।

अन्तिम ओभरमा गुल्सनले ६ रन लिए भने चार बल डट खेले। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ४९ बलमा ४ चौका र १ छक्का हाने।

अनिल साहले २४ बलमा ३ चौका र १ छक्का हानेर २७ रन जोडे। ओपनर कुशल भूर्तेलले २१ बलमा १ चौका र १ छक्का हानेर १३ रन बनाए। दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल शून्यमा आउट भए।

सोमपाल कामी ८ रन बनाएर नट आउट रहे। बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्शी ४ विकेट एनरिच नोर्त्जे र ऐडेन मक्रमले १र१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई नेपालले ११५ रनमा समेटेको थियो। नेपालका लागि कुशल भूर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। क्वीन्टन डिककले १०, कप्तान एड्न मक्रमले १५, हेनरिच क्लासेनले ३, डेविड मिलरले ७ रन जोडे।मार्को जनसेन १ र कगिशो रबाडा शून्यमा आउट हुँदा ट्रिस्टन स्टुब्स २७ रन बनाएर नट आउट रहे।

पराजित भएसँगै एक खेल बाँकी छँदै अन्तिम आठमा प्रवेश गर्न असफल भएको छ। समूह ‘डी’मा रहेको नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।