मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा मोटरसाइकल दुर्घटनाः ५ घाइते, २ जना गम्भीर, प्रहरीले विवरण दिन मानेन

बाणगंगामा मोटरसाइकल दुर्घटनाः ५ घाइते, २ जना गम्भीर, प्रहरीले विवरण दिन मानेन

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ४ मा भयानक मोटरसाइकल दुर्घटना भएको छ । तौलिहवा रोडस्थित दर्शन चोकमा दुई वटा मोटरसाइकल एक आपसमा जुधेर भएको दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घटना करिब पौन ८ बजेतिर भएको थियो ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार दुईवटा मोटरसाइकलमा ५ जना सवार थिए । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने गम्भीगम्भीर घाइतेहरुलाई बुटवल रिफर गर्ने तयारी भएको प्रहरी बताउँछ । प्रत्यक्षदर्शीका अनुसार उत्तरबाट दक्षिणतर्फ गइरहेको बुलेट मोटरसाइकलले दर्शन चोकमा विपरित दिशाबाट आउँदै गरेको यमाहा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइतेहरुको विस्तृत विवरण आउन बाकी छ । प्रहरीले घटनाको विस्तृत विवरण दिन नमानेपछि यसबारेको विस्तृत जानकारी अर्को समाचारमा प्रकाशन गरिने छ । पिपरा प्रहरीको संचार विभागले तुरुन्त जानकारी दिन नमिल्ने र जिल्लाको टोली आएपछि मात्र प्रवक्तामार्फत् घटनाको जानकारी दिने बताएको छ ।