मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दर्शन चोक दुर्घटना अपडेटः घाइतेहरु सबै बाणगंगा र मायादेवीका, ४ जना रिफर

दर्शन चोक दुर्घटना अपडेटः घाइतेहरु सबै बाणगंगा र मायादेवीका, ४ जना रिफर

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ दर्शन चोक(तौलिहवा रोड) मा भएको मोटर साइकल दुर्घटनाको विस्तृत विवरण आएको छ । आज साँझ करिब साढे ७ बजेको समयमा लु ७२ प १९८० नम्बरको मोटरसाइकल र लु ११ प १४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । लु १२ प १९८० नम्बरको बुलेट मोटरसाइकलका चालक मायादेवी गाउँपालिका पकडी निवासी २१ बर्षका प्रमोद चौधरी र पछाडी सवार २३ बर्षका आर्यन चौधरी घाइते भएका छन् । उनीहरुको शरीरको बिभिन्न स्थानमा गम्भीर चोट लागेको छ । कपिलस्तु सामुदायिक अस्पतालमा उपचार सम्भव नरहेपछि उनीहरुलाई बुटवल पठाइएको प्रहरीले अपिटाइम्सलाई जानकारी दियो ।

यस्तै लु १२ प १९८० नम्बरको मोटरसाइकलमा सवार ३ जना नै घाइते भएका छन् । उनीहरु बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरका रहेका छन् । प्रहरीले बताए अनुसार राजपुरका ३२ बर्षिय विजय थारु, २५ बर्षका विकास थारु र २२ बर्षका विशाल थारु घाइते भएका छन् ।

विजयको हात खुट्टा, विकासको टाउको र विशालको टाउको र बाया खुट्टामा गहिरो चोट लागेको छ । घाइते ५ मध्ये विशाल बाहेक सबैलाई थप उपचारको लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक गोपालजंग रायमाझीले बताए ।