मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानमा फैलिरहेको मासु खाने रोग के हो ?, कुन–कुन देशमा फैलिएको छ ?

जापानमा फैलिरहेको मासु खाने रोग के हो ?, कुन–कुन देशमा फैलिएको छ ?

अपि टाइम्स

एजेन्सी । कोरोना महामारी नियन्त्रणपछि जापानमा एकअर्कामा घुलमिलको क्रम पुरानै लयमा फर्किएसँगै जापानीहरु अहिले एक दुर्लभ रोगसँग लडिरहेका छन् । त्यहाँ अहिले यस्तो ब्याक्टेरियाको प्रकोप बढिरहेको छ, जसले मानिसको शरीरको तन्तुमा आक्रमण गर्ने गर्छ । यो ब्याक्टेरियाले १५ वर्षमुनिका बालबालिकालाई बढी असर गरिरहेको छ ।

यो ब्याक्टेरियालाई मांसाहारी अर्थात् मासु खाने ब्याक्टेरिया भनी नामाकरण गरिएको छ । हेलका कारण लाग्ने यस रोगलाई स्ट्रोप्टोकोकलल टक्सिस शक सिन्ड्रोन ९एसटीएसएस० भनिन्छ । यो ब्याक्टेरिया यति खतरनाक हुन्छ कि यसले ४८ घण्टाभित्र मानिसको ज्यान लिन्छ ।

जापानको नेसनल इन्स्टिच्युट अफ इन्फेक्शियस डिजीजका अनुसार जापानमा हालसम्म करिब एक हजार जनामा यो दुर्लभ रोग देखिइसकेको छ । जापानमा मात्रै नभई अन्य थुप्रै मुलुकमा यो रोग फैलिएको छ । जसमा युरोपेल देशहरु छन् ।

मासु खाने ब्याक्टेरिया नाम दिएपनि यसले मानिसको मासु सिधै खाँदैन, बरु यसले शरीरभित्रको तन्तुलाई मार्ने काम गर्छ ।

यो रोग ग्रुप ए स्ट्रेप्टोकोकस ब्याक्टेरियाबाट हुन्छ । यसले वयस्कलाई भन्दा बच्चा र वृद्धवृद्धालाई बढी हानि पुर्‍याउँछ । यसबाट संक्रमित व्यक्तिहरूमा सुरुवातमा शरीर सुन्निने र घाँटी दुख्ने समस्या हुन्छ । जब ग्रुप ए स्ट्रेप्टोकोकसले तन्तुलाई मार्न थाल्छ त्यस अवस्थालाई नेक्रोटाइजिंग फासिइटिस भनिन्छ । यसबाहेक शरीर दुख्ने, ज्वरो आउने, रक्तचाप कम हुने, नेक्रोसिस ९शरीरको तन्तुको मृत्यु०, श्वासप्रश्वासमा समस्या, शरीरका विभिन्न अंग फेल हुनेजस्ता समस्या पनि देखापर्छ । त्यसको केही घण्टामै संक्रमित व्यक्तिको मृत्यु हुन्छ ।

यस ब्याक्टेरियाले शरीरमा विषाक्त पदार्थ उत्पादन गर्छ, जसले गर्दा जलन हुने गर्छ । त्यसपछि यसले शरीरको तन्तुलाई क्षति पुर्‍याउने, जसकारण शरीर सुन्निन थाल्छ र त्यसपछि तन्तुहरू मर्न थाल्छन्, जसले गर्दा गम्भीर पीडा हुन्छ ।

जापानमा यो रोगसँग लड्नका लागि स्वास्थ्य प्राधिकरणहरुले निरन्तर यसको अवस्थाको बारेमा अध्ययन गरिरहेका छन् । त्यस्तै जापानका सबै अस्पताललाई अलर्टमा राखिएको छ । यस रोगको गम्भीरता र खतरालाई ध्यानमा राखी अहिले जापानका नागरिकलाई सचेत गराउन अभियान चलाइएका छन् ।

यस वर्षको अन्त्यसम्ममा यस रोगबाट ज्यान गुमाउने मानिसको मृत्युदर ३० प्रतिशत पुग्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । यस घातक रोगका कारण हिजोआज जापानमा मानिसहरूले फेरि मास्क लगाउन र सावधानी अपनाउन थालेका छन् ।

रोकथाम

डरलाग्दो कुरा यो रोग पनि कोरोना जस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । त्यसैले यसबाट बच्न बारम्बार हात धुन, घाउ भएमा तुरुन्त उपचार गराउन चिकित्सकहरु सुझाउँछन् ।

कुन–कुन देशमा फैलिएको छ ?

मिडिया रिपोर्टका अनुसार स्ट्रेप्टोकोकस रोग अहिले युरोपका पाँच देशमा फैलिसकेको छ । जसमा बेलायत, फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड र स्वीडेन छन् । यस ब्याक्टेरियाले सबैभन्दा बढी आक्रमण बालबालिकालाई गरेको छ । दिनप्रतिदिन रोग बढ्दै गएको दरलाई हेर्दा जापानमा वर्षेनी २५ सय जना यो रोगबाट संक्रमित हुनसक्छन् ।

एजेन्सीको सहयोगमा