मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुपम प्रेम छ तिमीसँग मेरो पनि

अनुपम प्रेम छ तिमीसँग मेरो पनि

अपि टाइम्स

गजल
अनुपम प्रेम छ तिमीसँग मेरो पनि
मायामा हुन्छ झैझगडा यस्तो पनि

किन यसरी दूर भइदिन्छ्यौ के भयो
यात्रा यौटै हो मेरो पनि तिम्रो पनि

आखिर मरेर लानु के छ र हामीले
यात्रा यौटै हो र हिड्ने बाटो पनि

सिमारेखाको के कुरा भो मन मिले
याद आइरहन्छ तिम्रो आँसुको पनि ।

गजलकार अश्मी श्रेष्ठ