मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग बाणिज्य संघको पाल्पा टुरः सार्थक मिटिङ कि रमाइलो गर्ने निहुँ ?

कपिलवस्तु उद्योग बाणिज्य संघको पाल्पा टुरः सार्थक मिटिङ कि रमाइलो गर्ने निहुँ ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको टोलीले पहिलोपटक कार्यालय बाहिर मिटिङ गर्यो, त्यो पनि जिल्ला बाहिर । बाणगंगामा कार्यालय रहेको संघले योजना तर्जुमा गोष्ठी गर्ने थलो पाल्पाको तानसेनस्थित डाँडाको शितल हाइट होटल रोजेर त्याँ नै रात कटाएपछि अहिले सामाजिक संजालमा चर्चा छ ।

तिनतले विल्डिङको आधुनिक वैठक कक्षा छोडेर टोलीले पाल्पा नै किन रोज्यो ? यो चिसो ठाउँमा गएर रमाइलो गर्ने निहुँ हो कि बैठकै एजेण्डा लिएर गएको थियो टोली ? कति खर्च भयो भ्रमणमा ? संघको टोलीमा अटाएका सदस्यको फोटो खिचाई,नृत्य र प्रदर्शित रमाइला तस्वीरले यस्तैयस्तै प्रश्न उब्जाएको छ ।

श्रोतका अनुसार पाल्पा भ्रमण एउटा उद्धेश्यकै लागि आयोजना गरिएको थियो । तराईमा ब्यापक गर्मी भएपछि चिसो ठाउँलाई वैठकस्थल रोज्दा पाल्पाको तानसेनस्थित डाँडा रोजिएको संघका पदाधिकारी बताउँछन् । संघका अध्यक्ष गणेश बहादुर क्षेत्री भन्छन् ‘धेरै गर्मी भएर चिसो ठाउँ रोजिएको पक्कै हो तर रमाइलो गर्न गएको होइन, वैठक सार्थक भएको छ । रमाइलो गर्न गए भन्ने अनावश्यक कुरा हो ।’

उनले वैठकले महत्वपूर्ण निर्णय गरेको पनि सुनाए । अध्यक्ष क्षेत्रीले भने, ‘संघको आगामी दिनहरुलाई कसरी उपलब्धिमुलक बनाउने, ब्यवसायीको विमाको विषय, ब्यवसायिको अहिलेको संकट कसरी हल गर्न सकिन्छ ? संघका पहिलाका निर्णयको निरन्तरता र नयाँ योजनाको तर्जुमा गर्न पाल्पा गएका हौँ ।’

जिल्लामा गर्मी भएको कारण पाल्पा रोजिए पनि त्यहाँ पनि गर्मी नै भएको उनले बताए । चिसो ठाउँ रोजिएपनि हलमा पंख चलाउनु परेको उनको भनाई छ । टोली वैठकबाट फर्केको भन्दै बसेर निचोड निकालिने उनले बताए । भ्रमणमा धेरै खर्च नभएको पदाधिकारी बताउँछन् ।

टोलीका एक सदस्यले वैठक फरक ठाउँमा गर्दा नयाँ अनुभुति भएको बताए । फरक र आनन्द ठाउँमा वैठक गर्दा सोँच्ने र विचार गर्ने शक्तिमा नै परिवर्तन आएको भन्दै आगामी दिनमा पनि यस्तो गर्नुपर्ने सुनाए । फरक ठाउँको वैठकलाई नकारात्मक अर्थमा नबुझेर शिक्षाको रुपमा लिनुपर्ने उनको भनाई छ ।

टोलीमा वर्तमान समितिसंगै सल्लाहाकार तथा निवर्तमान अध्यक्ष डोलक बहादुर घिमिरे, पूर्व अध्यक्ष उमानाथ पौडेल, विष्णु न्यौपाने लगाएतको सहभागिता थियो । पूर्व अध्यक्ष उमानाथ पौडेलले पनि रमाइलो गर्न नभई केहि छलफल गर्न टोली पाल्पा गएको दावी गरे ।