मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राति परेको पानीले कपिलवस्तुसहित लुम्बिनीमा राहत

राति परेको पानीले कपिलवस्तुसहित लुम्बिनीमा राहत

अपि टाइम्स

काठमाडौँ । गयराति परेको बर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा जनताले राहत पाएका छन् । उखरमाउलो गर्मिले आक्रान्त बनेका सर्वसाधारण, किसान, विद्यार्थी र बालबालिकाले विहानैबाट राहत पाएका छन् ।

विहानै उठ्नेवित्तिकै तातो हावा र चर्को घामको सिकार बन्न बाध्य सर्वसाधारणले विहानै चिसो हावा पाएका छन् जसका कारण शितल भएको छ । गयराति हावाहुरीसहित हल्का र भारी बर्षा भएको थियो ।

कपिलवस्तुमा राति ठुलो हावासहित पानी परेको थियो भने लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि बर्षा भएको थियो । असार ६ गतेसम्म पनि पानी नभर किसानले राखेको ब्याड पनि सुक्ने र डढ्ने भइरहेको थियो भने तयार भएको ब्याडबाट विउ निकालेर रोक्न किसानले सकेका थिएनन् ।

हल्का पानी परेपछि केहि ठाउँमा रोपाई सुरु भएको छ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौं उपत्यकामा पनि वर्षा भरहेको छ। बाँकी स्थानमा बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

पछिल्लो २४ घन्टामा देशका अधिकांश भूभागमा पानी परेका छन्। डडेधुराको साहुखर्कमा पछिल्लो २४ घन्टामा ९०.६ मिलिमिटर वर्षा मापन भएको छ। लमजुङको राइनास्टारमा ८६.२, रौतहटको गरूडामा ९४.४ मिलमिटर वर्षा भएको छ। मोरङको हरैंचामा ८५.२, झापाको अनारमनीमा ७०.८, कपिलवस्तुको भगवानपुरमा ४४.८ मिलमिटर पानी परेको छ।