मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युरोकपको अन्तिम १६ मा जर्मनी, हंगेरी बाहिरियो

युरोकपको अन्तिम १६ मा जर्मनी, हंगेरी बाहिरियो

अपि टाइम्स

काठमाडौं। जर्मनी युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा हंगेरीलाई २(० गोलअन्तरले पराजित गर्दै जर्मनी अन्तिम १६ मा पुगेको हो। जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक जोड्यो।

पहिलो खेलमा जर्मनीले स्कटल्यान्डलाई ५(१ गोलअन्तरले पराजित गरेको थियो। अब जर्मनीले समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्यान्डको सामना गर्नेछ।

अंकविहीन हंगेरी भने प्रतियोगिताबाट बाहिरिएको छ। खेलको २२औं मिनेटमै इल्के गुन्डोगनको पासमा जमाल मुसियालले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। ६७औं मिनेटमा इल्केले गोल गर्दै जर्मनीको जित २(० ले सुनिश्चित गरे।