मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले हार्यो अमेरिका

सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले हार्यो अमेरिका

अपि टाइम्स

तस्बिर एजेन्सी । आईसीसी टी–२० विश्वकपमा सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ ।

हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि आन्द्रियस गोउसले सर्वाधिक ८० रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए ।