मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको नीति, कार्यक्रम र बजेट पारित, प्राथमिकतामा ‘जनताको खुसी’

बाणगंगाको नीति, कार्यक्रम र बजेट पारित, प्राथमिकतामा ‘जनताको खुसी’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
बाणगंगा । १५ औं नगरसभामार्फत् बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । नगरपालिकाको सभाहलमा बुधबार भएको पहिलो अधिवेशनले जनतामा खुसीयाली छर्ने अभिप्रायको नीति कार्यक्रम र बजेटलाई पारित गरेको हो ।

नगरप्रमुख चक्रपाणी अर्यालले विकासात्मक तथा अन्तर निकाय समन्वय गतिविधिहरुलाई नीति विधि र प्रविधिमा समेटेर नीति कार्यक्रम पेश गरेका थिए । नगरप्रमुख अर्यालले पेश गरेको नीति कार्यक्रममा जनतामा खुसीयाली छर्न ‘ब्रान्ड बाडगंगा, विलिभ बाडगंगा’ अभियान सञ्चालन गर्ने मुख्य नीति समेटिएको छ ।

जनतामा खुसियाली अभिवृद्धि गर्ने भन्दै पहिलोपटक ‘ब्रान्ड बाडगंगा विलिभ बाडगंगा’ अभियान संचालन गर्न लागिएको नगर प्रमुख अर्यालले जानकारी गराए । उनका अनुसार त्यहि अभियान सफल बनाउने गरी आर्थिक वर्ष २०८१/८२ को कुल १ अरब ६२ करोड ४६ लाख ८६ हजारको अनुमानित बजेट आउने जनाइएको छ । १५ औ नगर सभाको दोस्रो बैठक आगामी आषाढ १० गते बस्ने र सो बजेट सार्वजनिक गरिने सभाध्यक्ष अर्यालले जानकारी दिए ।

नीति कार्यक्रमको लक्ष्य सामाजिक विकास रहेको छ भने कृषि, पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, विपद् बयवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । कर दर नबढाउने, दायरा बढाउने लगायतका नीति बजेटले समेटेको बताइएको छ ।

अधिवेशनमा सभाका उपाध्यक्ष उपप्रमुख रिता कुमारी चौधरीले न्यायिक समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेकी थिइन् भने लेखा समितिका संयोजक टेकबहादुर झेडी मगरले महालेखापरीक्षकको कार्यालयले आब २०७९÷८० सम्मको अन्तिम लेखापरीक्षण हुँदा औँल्याइएको नियमित गर्नुपर्ने बेरुजु सम्परीक्षण गर्ने सम्बन्धको प्रतिवेदन समेत पेश गरेका थिए । सभाको सञ्चालन सभाका सचिव प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले गरेका थिए ।