मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेल्टा कम्प्लेक्सको आगलागीमा ४५ करोड बढिको क्षती

डेल्टा कम्प्लेक्सको आगलागीमा ४५ करोड बढिको क्षती

अपि टाइम्स

बुटवल । बुटवलको मुटु मिलनचोकमा रहेको नेपालकै पहिलो एजुकेसनल मार्ट डेल्टा एजसकेसन मार्ट आगलागीका कारण जलेर नष्ट भएको छ । छ वर्ष पहिले सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी एजुकेसनल मार्टका रुपमा नेपालमै पहिलो पटक डेल्टा एजसकेसन मार्टको स्थापना गरीएको हो । बुटवलका अधिकाङ्स शैक्षिक व्यक्तित्वहरुको संलगनतामा डेल्टा एजुकेसनलमार्ट स्थापना गरीएको थियो ।

बुटवलको मुख्य ब्यापारीक केन्द्र मिलनचोकको पूर्व सिद्धार्थ राजमार्ग छेवैमा रहेको सो कमप्लेक्सको तेश्रो तलाबाट आगजनी सुरु भएको होे । करीब ४ घण्टाको अथक प्रयास पछि बुटवल उपमहानगरपालिकाका २ दमकल, छिमेकी पालिकाहरू सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह, रामग्राम, बाणगँगा, ओमसतिया तथा नेपाल आयल निगम र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थल सहित १२ वटा दमकल, सुरक्षा अधिकारीहरू, स्वयमसेवकहरू उपस्थित स्थानीयको सक्रियतामातामा आगलागी नियन्त्रणमा लिईएको हो।

आगलागी पूर्ण रुपमा नियन्त्रमा आउन भने अझै केही समय लाग्ने देखिन्छ डेल्टा एजुकेसन मार्ट रहेको तेश्रो तलाबाट सुरुभएको आगलागी दोश्रो तलाको नेपाली लुगा घर, भुई तलाको नेपाली जुत्ताघर तथा भुईतलाकै डेल्टा ग्रोसरी सप समेत पूर्णरुपमा जलेर खरानी भएका छन । अगलागी बाट सबै गरैर ४५ करोड बढिको नोक्सानी हुन गएको डेल्टा कमप्लेक्सका संचालक तथा नेपाल फुटवेयर म्यानुफ्याक्चरर एसोसीएसनका केन्द्रीय सदस्य चोला प्रसाद पाठकले ग्लोबल आवाजलाई बताए ।

बुटवलको मुख्य बजार मिलनचोकमा रहेको यो कमप्लेक्स नजिकै २ वटा पेट्रोल पम्प तथा बरीपरी बाक्लो बस्ती समेत रहेको हुदा आगजनी फैलिन सक्ने खतरा रहेको थियो । सो खतारालाई मध्यनजर गर्दै सुरक्षाकर्मी तथा स्थानियहरुले चार घण्टा पछि आगजनिलाई नियन्त्रणमा लिन सफल भएका हुन । आगजनी नियन्त्रण कार्यमा खटिएका बुटवल उपमहानगरको टोली संगै नगर प्रमुख खेलराज पाण्डे स्वयं पनि खटिएका थिए ।

शुरक्षाकर्मी तथा संचालकहरुको प्रारम्भिक अनुमान अनुसार बिद्युतलाईन सर्ट भएर सो आगजनी हुनगएको अनुमान गरीएको छ । तेश्रो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पूर्व कुनाबाट आगलागी सुरुभएको बताईएको छ ।